बुधबार, बैशाख १२, २०८१

बृहद् आध्यात्मिक परिषद् पचास वर्षमा

काठमाडौं फागुन २६ ,  योगी नरहरिनाथद्दारा स्थापित बृहद् आध्यात्मिक परिषदले मंगलवारबाट विधिवत आफ्नो स्थापनाकालको स्वर्ण महोत्सवको शुभारम्भ गरेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विशेष कार्यक्रमका वीच शुभारम्भ गर्दै योगी नरहरिनाथका कृतिको संरक्षणको लागि प्रतिष्ठानले प्रकाशनमा मद्दत गर्ने आश्वासन दिनु भएको थियो ।
त्यस्तैगरि महोत्सवको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै बुद्धधर्मका गुरु आचार्य कर्मपाले योगी नरहरिनाथको धार्मिक निष्ठाको बारेमा प्रकाश पार्नु भएको थियो भने विश्व हिन्दू महासंघका कार्यवाहक सभापति संहिता शास्त्री अर्जुनप्रसाद बास्तोला, संयुक्त सनातन मोर्चाका संगठन प्रमुख दीपक सुवेदीलगायतले योगी नरहरिनाथको व्यक्तित्व माथि प्रकाश पार्नुभएको थियो ।

साथै महोत्सव अन्र्तगतनै उपत्यकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई योगी नरहरिनाथको बारेमा निबन्ध लेखाइएको र उत्कृष्ट निबन्धका प्रतियोगीलाई प्रशंसा पत्र प्रदान गर्नुको अलावा प्रा।डा। शास्त्रदत्त पन्तले योगी नरहरिनाथ र बृहद् आध्यात्मिक परिषद्को बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।  त्यस्तै आगामी चैत्र १, २ र ३ गते परिषद्को केन्द्रीय कार्यालय मृगस्थली पशुपतिक्षेत्रमा थप विभिन्न कार्यक्रमको आयोजना गरिने परिषद्का महासचिव विश्व पोखरेलले जानकारी दिनु भएको छ ।
प्रभा भट्टराई आचार्य, ठाकुर बेलबासे लगायतका कवित्री एवम् कविहरूले योगीको बारेमा मधुर कविता वाचन पनि गरेका थिए । कार्यक्रम परिषद्का अध्यक्ष योगी शिरिषनाथको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बृहद् आध्यात्मिक परिषद्को स्वर्ण जयन्तीको उपलक्ष्यमा भएको कार्यक्रमको तस्वीर 2