शुक्रबार, चैत्र १६, २०८०

बृहद् आध्यात्मिक परिषद्ले मङगलवार स्वर्णमहोत्सव मनाउँदै

काठमाडौ फागुन २४,  योगी नरहरिनाथद्वारा स्थापित बृहद् आध्यात्मिक परिषद्ले आफ्नो स्थापनाकालको स्वर्णमहोत्सव मनाउँने भएको छ । मंगलवारबाट परिषद्ले विभिन्न कार्यक्रमको आयोजना गर्दै आगामी चैत्र ४ गतेसम्म मनाउँने भएको् छ । त्यस्तै स्वर्णमहोत्सवको Logo 4सुभारम्भ नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपतिको प्रमुख आतिथ्यता एवम् लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्यतामा नेपाल प्रज्ञाप्रतिष्ठान  काठमाडौंमा विशेष कार्यक्रम गरी शुरु गरिने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै बृहद् आध्यात्मिक परिषद् सबैका श्रद्धा एवं वन्दनीय गुरु योगी नरहरिनाथद्वारा स्थापित एवम् पछिका दिनहरूमा उहा“का मार्गदर्शनलाई आत्मसात गरेका अनुयायीहरूबाट सञ्चालित र संवर्धित हुँदै आएको हुनाले सो संस्थाप्रति धार्मिक क्षेत्रको अगाध प्रेम र श्रद्धा रहेको पाइन्छ ।  कार्यक्रममा बरिष्ट विद्वान प्रा।डा। शास्त्रदत्त पन्तद्वारा कार्यपत्र प्रस्तुत हुने, कवि एवं कवियित्रीहरूबाट कविता वाचन हुने र सोही सन्दर्भमा विभिन्न विद्यालयहरूमा गरिएको निबन्ध प्रतियोगीताका प्रतियोगी लगायतलाई प्रशंसा पत्र प्रदान गर्ने लगायतका कार्यक्रमहरू रहेको सो स्वर्णमहोत्सवका सूचना तथा सञ्चार संयोजक दीपक सुवेदीले जानकारी दिनु भएको छ ।