शुक्रबार, बैशाख ७, २०८१

पूर्वराष्ट्रपति यादवको घर घरबहाल प्रकरण सम्बोधन गर्न प्रम ओलीको निर्देशन

काठमाडौ फागुन २६, सरकारले पूर्वराष्ट्रपति डा रामवरण यादवका लागि ललितपुरस्थित बहालमा लिएको घरको भाडा विगत ५ महिना नबुझाएको भन्दै घरधनी रविभक्त विष्टका वारेस अरुणप्रकाश श्रेष्ठलेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उजुरी दिएको समाचार प्रकाशित भएपटि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार पूर्वराष्ट्रपति डा रामवरण यादवलाई भेटी उहाँको आवास rambaran-yadavव्यवस्थापनलगायतका समस्याबारे जानकारी लिनुभएको छ ।

प्रम ओली र पूर्वराष्ट्रपति डा रामवरण यादववीच भएको भेटवार्ताको क्रममा पूर्वराष्ट्रपति डा यादवले आफ्ना स्वकीय सचिवमार्फत प्रमलाइ बिजुली, खानेपानी, पर्खाल, सुरक्षाकर्मी र आवासलगायतका समस्या रहेको जानकारी गराउँनु भएका प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै समाचारमा प्रम ओलीले पूर्वराष्ट्रपतिलाइ विद्यमान यावत समस्या तत्काल समस्या समाधान गर्न मातहतका निकायलाइ निर्देशन दिनुभएको उल्लेख गरिएको छ ।

 स्मरण रहोस गत कार्तिक १२ गते नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यभार सम्हालेसँगै एक कार्यक्रमको बीच  पूर्वराष्ट्रपति डा। रामवरण यादवलाई शीतल निवासबाट विदाइ  ग्द्र्यै ललितपुरको बागडोलस्थित सरकारले व्यवस्था मिलाइदिएको घरमा बस्ने गरी विदाइ  गरिएको  थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829