बुधबार, बैशाख १२, २०८१

पूर्वराष्ट्रपति डा.यादव बसेको घरको घरबहाल ७ दिनभित्र उपलब्ध गराउँन माग गर्दै प्रम तथा मपको कार्यालयमा उजुरी

  काठमाडौं फागुन  १८, सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवका लागि बहालमा लिएको घरको भाडा विगत ५ महिना देखिको घर बहाल imagesनपाएको भन्दै तत्काल बहाल पाउँने व्यवस्था मिलाइ दिन भन्दै घरधनी रविभक्त विष्टका वारेस अरुणप्रकाश श्रेष्ठलेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उजुरी दिएका छन ।

राष्ट्रपतिको कार्यालय शीतल निवास तथा पूर्वराष्ट्रपति यादवलाई समेत बोधार्थ दिदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय दर्ता गराइएको उजुरीमा मासिक १ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने सहमति भएको र सहमति वमोजिम ७ दिनभित्र भाडा उपलब्ध गराउन र घरबहाल सम्झौता कायम गर्न माग दावी गरिएको छ ।