शुक्रबार, चैत्र १६, २०८०

पूर्वराजा ज्ञानेन्द्र र भारतीय प्रम मोदीक��� विशेषदुत र शिव सेनाका कमाण्डर मास्टर थापावीच निर्मल निवासमा गोप्य वार्तालाभ

  ओली सरकार प्रति भारत असन्तुष्ट 

  • सुनिल शर्मा / काठमाडौ

पूर्वराजा ज्ञानेन्द्रले आइतबार राती १० बजे निर्मल निवासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुत र भारतीय शिव सेनाका मुम्बई प्रमुख मास्टर थापासँग अलग अलग गोप्य भेट वार्ता गर्नुभएको छ । भेटवार्ताको क्रममा हिन्दू राष्ट्र र सवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र र देशको वर्तमान परिस्थितिको बारेमा कुराकानी भएको स्रोतको दावी छ । यसअघि राजा ज्ञानेन्द्रले विजेपीका वरिष्ठ नेता 72080e6134341db673c7810a8afe0de8_Lभगतसिंह खुशीयारीसँग पनि गोप्य वार्तालाप गरिसक्नु भएको छ । आइतबार भएको भेटघाटमा मास्टर थापाले मुम्बई शिव सेना प्रमुख उदव ठाक्रेसँग पूर्व राजा ज्ञानेन्द्रलाई टेलिफोन वार्तालाप गराई दिएका थिए वार्ताका क्रममा नेपालमा राजसंस्था पुनस्थपनाका लागि भारतीय शिवसेनाले सहयोग गर्ने बचनबद्धता ठाक्रेले दिएका थिए । स्रोत भन्छ पूर्वराजालाइ श्रीपेज लगाउने जिम्मा अब भारतको हिन्दु सेना र भारत सरकारले लिएको छ । मोदीका विशेष दुतले पूर्वराजासँग आगामी २४ तारिक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यक्तिगत भेटघाट भारत सरकारकै निमन्त्रणमा गराउने तयारी गरेको दावी गरेका छन । त्यस्तै राजासँग भारतका गुप्तचर प्रमुख अजित दोबाल देखि राजनितिक व्यक्तिसँग गोेप्य भेटघाटको चाजोपाँजो मिलाउने काम नेपाली कांगे्रस परित्याग गरी राजसंस्था पुनस्थापनामा सक्रिय रहदै आएका कुमुद लोहनीले मिलाउदै आउनु भएको छ ।

नेपालमा सवैधानिक राजतन्त्र वहुदलिय प्रजातन्त्र र हिन्दू राष्ट्रको पक्षमा वि.पि. डक्ट्रिन अर्थात वि.पि.को नीति नेपाली कांगे्रस भित्र केन्द्रीय समितिको बैठकमा समेत उठिसकेको छ । वि.पि. को नीति विनाको कांग्रेस कांग्रेसनै हुनै सक्दैन भन्ने मान्यता बहुमत रुपमा अगाडि देखा परेको छ यसको नेतृत्व हाल वि.पि.का पुत्र शशाक कोइरालाले गरिरहनु भएको छ । नेपालको वर्तमान राजनिति बैशाखको दोस्रो साताबाट पुरै कोर्ष परिवर्तन हुने राजनितिक विश्लेषकहरुको भनाई छ वर्तमान संविधान असफल भएको र राजनिती पनि असफल भएको निष्कर्ष निकाल्दै नेपाली सेनाले देशको राष्ट्रिय एकता अखण्डता माथि चासो दिदै सैनिक हस्तक्षेप विस्तारै बढाउँदै लग्ने संकेतहरु देखा परेको छ । प्रधान सेनापति राजेन्द्र क्षेत्रीका अभिव्यक्ति र सैनिक हेटक्वाटरले जारी गरेको विज्ञप्तिले यस्तै कुरा जनाउँछ । देशको बिग्रदो राजनितिक परिस्थिति प्रति पुर्वराजा ज्ञानेन्द्रमात्र होइन नेपाली सेनाको नेतृत्व तह पनि सन्तुष्ट छैन ।

छिमेकीराष्ट्र भारतका विशेष दुत एस शिव शंकर र राष्ट्रिय सुरक्षा प्रमुख अजित दोबालले एमाओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी ओलीलाई भेटी राजालाई स्पेश दिन र नेपाललाई हिन्दू राष्ट घोषणा गर्न भारत सरकारको आग्रह सुनाएका थिए तर प्रचण्डले आफुलाई पार्टीभित्र र बाहिरबाट खतरा हुने भएकोले भारत सरकारको उक्त आग्रहलाई अस्वीकार गर्दै हिन्दू गणराज्य घोषणा गर्न सकिने जानकारी गराएका थिए । यस प्रति भारतीय विशेष दुत र सुरक्षा प्रमुख अजित दोबालले गम्भीर आपत्ती जनाउँदै भारत सरकारको आग्रह मान्न अनुरोध गरेको थिए । नेपालको बिग्रदो राजनितिक परिस्थितिका कारण अन्तराष्ट्रिय मुस्लिम आतङ्बादी संगठन आइ.एस.आई.एस ले नेपाललाई आफ्नो सेल्टर बनाएर सार्क राष्ट्रलाई घेराबन्दी गर्दै भारत माथि आक्रमण गर्ने तयारीले भारतको सुरक्षा माथि खतरा रहेको भन्दै नेपाललाई हिन्दू राष्ट्र र राजसंस्था पुनस्थापना कुनै पनि हालतमा गराउने नीति लिएको छ । प्रधामन्त्री केपी ओली चिन भ्रमणबाट फर्किएपछि नेपालको राजनितिमा उथलपुथल हुने राजनितिक विश्लेषकरुको भनाई छ ओलीले चिन सँग गरेको १० बुदे सम्झौत प्रति भारत सरकार सन्तुष्टि छैन ।

उच्च राजनितिक स्रोत भन्छ निकट भविष्यमै सेना समर्थित नागरिक समाजबाट सरकार निर्माणको भित्री तयारी भइरहेको जनाउँदै पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमण र मोदी सँगको २४ तारिक पछिको गोप्य भेटघाटले नेपालको राजनितिमा परिवर्तन देखिने विश्वास गरिएको छ । यसअघि प्रधान सेनापति राजेन्द्र क्षेत्री र नेपाली सेनाको पहलमा भारतीय नाकाबन्दी खुल्ला गर्न सफल हुनु सेनाको कुटनितिक सफल र राजनितिक दलको असफलताको मुल्याङ्कन गर्न थालिएको छ । देशको राष्ट्रिय एकता अखण्डता सार्वभौमसत्ता र जातिय सदभाव खल्बलिएको निष्कर्षमा नेपाली सेना पुगिसकेको छ । मुलुकमा राजनेताको अभाव र राजाको अनुपस्थितिमा मुलुकले निकास पाउन नसेकोको कारण पनि विस्तारै सेना अग्रसर हुनुलाई अर्थपूर्ण रुपमा लिएको छ । हाल पुर्वराजा ज्ञानेन्द्र शाहसँग भारत, चिन र अमेरिका विशेष दुतहरु नियमित सम्पर्कमा रहनु र भारत र चिनले नेपालको कारण आफ्नो सुरक्षामा खतरा बढेको नेपाली सेनालाई जानकारी गराईसकेको छ । समग्र राजनितिक घटना परिस्थितिलाई मुल्याङ्कन गर्दा नेपालको राजनितिले १० वर्षको दौरानमा लिएको बाटो असफल सिद्घहुँदै यूटर्न गर्ने निश्चित देखिएको छ । स्मरण रहोस मोदीका विशेष दुतले नाम उल्लेख नगर्ने शर्तमा मोदीसँग पुर्वराजा ज्ञानेन्द्रको गोप्य टेलिफोन वार्ता गराएका छन् । अब हेर्न बाँकी छ मोदी र राजा ज्ञानेन्द्र बिच हुने कुटनैतिक र राजनैतिक वार्ताले छिटै नै नयाँ परिस्थिति सिर्जना गर्नेछ ।