बिहिबार, चैत्र १५, २०८०

पार्टीमा मौलाउँदै गएको गुटगत राजनीतीको अन्त्यका लागि आफ्नो उम्मेदवारी :महामन्त्री सिटौला

काठमाडौ फागुन १९,   नेपाली काँग्रेसको १३ औं महाधिवेशनका संस्थापन तर्फका नेता एवम् पार्टी महामन्त्री कृष्णप्रसाद सिटौलाले आफु नेतृत्वको प्यालनको उम्मेदवारी घोषणा गरेको छ । महामन्त्री सिटौलाले पत्रकार सम्मेलन मार्फत घोषणा गरेको प्यानलमा महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाइ अगाडि सारेको छ ।  त्यस्तै उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै महामन्त्री सिटौलाले  पार्टीमा मौलाउँदै गएको गुटगत राजनीतीको अन्त्य गर्दै पार्टीलाई गतिशील बनाउन आफूहरुले उम्मेदवारी दिएको बताउनुभएको थियो ।

त्यस्तै महामन्त्रीका उम्मेदवार गगन थापाले पार्टी विचारले चलाउने हो त्यसैले मेरो नसा नसामा विपीको विचार बगेकाले विपीको विचारअनुसार नै पार्टीलाई चलाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो भने कोषाध्यक्षका उम्मेदवार चौधरीले पार्टीभित्रको भागबण्डको अन्त्यका लागि आफूहरुले उम्मेदवारी दिएको बताउनुभएको थियो घोषणा सभामा केन्द्रीय सदस्य, सांसद, विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधि तथा नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।