शुक्रबार, चैत्र १६, २०८०

नेत्री कोइरालाद्वारा सभापतिको उम्मेदवार घोषणा

काठमाडौ फागुन १९, नेपाली काँग्रेसकी नेत्री एवम् विदेश विभाग प्रमुख सुजाता कोइरालाले आज आफ्नै निवास मण्डिखाटारमा पत्रकार sujata-koiralaसम्मेलनको आयोजना गर्दै पार्टीको १३ औँ महाधिवेशनका लागि सभापति पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

नेत्री कोइरालाले उम्मेदवारी घोषणा सभामा बोल्दै मुलुकको विकासका लागि महिला र युवा समुदायलाई सशक्तरूपमा राज्यको मूलधारमा ल्याउन मैले सभापतिमा उम्मेदवारी दिएको बताउँनु भएको छ । साथै उहाँले आफूलाई परिवारको उत्तराधिकारीको उम्मेदवारको रूपमा नहेर्न आग्रह गर्दै

विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णशम्शेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधि, सुशील कोइरालालगायतका नेताको ठूलो योगदान रहेको भन्दै उहाँहरूको विचार र आदर्शलाई पार्टीले उच्च मूल्याङ्कन गर्नुपर्ने बताउनुभएको थियो