शुक्रबार, चैत्र १६, २०८०

नेतात्रयमध्य मध्ये कसैको बहुमत नआए पछि पुनः सभापतिको निर्वाचन हुने महामन्त्री सिटौला निर्वाचण बाट बाहिरिए

वरिष्ठ नेता देउवालाई ११ मत नपुग्दा विजयीयात्रा रोकिए

काठमाडौं फागुन २४, नेपाली कांग्रेसको जारी १३ औं महाधिवेशनको आइतवार सम्पन्न मतदानमा सभापति पदमा कुनै उम्मेदवारले पनि xzfxfxdf 2आवश्यक बहुमत प्राप्त गर्न नसकेपछि निर्वाचनमा होमिएका ३ तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत पुर्‍याउन नसक्दा फेरि अर्को चरणको मतदान हुने भएको छ । सभापति पदमा भएको मतगणनामा वरिष्ठ नेता शेरबहादुर देउवालाई ११ मत नपुग्दा उनी विजयी हुन सकेनन् । सभापतिका प्रत्याशी देउवाले कूल खसेको मत ३ हजार १४८ को ५० मत मध्ये एक हजार ५ सय६४ मत प्राप्त गर्नुभएको थियो भने अर्का प्रत्याशी कार्यवाहक सभापति रामचन्द्र पौडेलले भने एक हजार १६० तथा महामन्त्री कृष्ण सिटौलाले ३२४ मत पाप्त गर्नु भएको थियो ।

आजै हुँने दोस्रो चरणको चुनावमा देउवा र उनका निकटतम प्रतिष्पर्धी रामचन्द्र पौडेलबीच मात्र निर्वाचन हुनेछ । तेस्रो भएका सिटौला भने प्रतिष्पर्धाबाट बाहिरिएका छन् । अब उनले कसलाई समर्थन गर्छन् भन्ने विषय महत्वपूर्ण बनेको छ ।