बुधबार, बैशाख १२, २०८१

नेजा पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान

काठमाडौ फागुन २९, अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीको संस्था नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा)ले प्रत्येक दुई वर्षमा प्रदान गर्ने ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान गरेको छ । दुई वर्षदेखि ग्रामीण पत्रकारिता पेसामा क्रियाशील रहदै ग्रामीण क्षेत्रमा रहेर आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा सुधार ल्याउन पत्रकारितामार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेका download (1)सञ्चारकर्मीलाई प्रदान गरिने यो पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपैयाँ रहेको छ ।

यसअघि सन् २०१२ बाट सुरु गरिएको प्रस्तुत पुरस्कार हेटौँडाका प्रताप विष्ट र दोस्रोपटक सुर्खेतका कलेन्द्र सेंजुवालले प्राप्त गरिसकेको जनाउँदै वर्ष ०२७२ को लागि पनि पगतमा जस्तै आवेदकले आवेदनको साथमा आफू संलग्न संस्थाको सिफारिसका साथै स्वतन्त्र पत्रकार भए सूचना विभागद्वारा प्रदान गरेको स्वतन्त्र पत्रकारको परिचयपत्र र २०१५ को जनवरी १ देखि डिसेम्बर ३१ सम्ममा प्रकाशन वा प्रसारण भएको सामग्री हुनुपर्ने जनाउँदै उक्त सामाग्री नेपाल पत्रकार महासङ्घ, केन्द्रीय समिति सञ्चारग्राम, काठमाडौँको ठेगानामा पठाउन वा fnjnepal@mail.com.np मा  इमेल गर्न सकिने नेजाले जनाएको छ छनोटमा परेका पुरस्कृत व्यक्ति वा संस्थालाई नेपाल पत्रकार महासङ्घले आयोजना गर्ने विश्व प्रेस स्वतन्त्रता दिवस समारोहमा पुरस्कार प्रदान गरिनेछ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।