शुक्रबार, बैशाख १४, २०८१

नवनिर्वाचित केन्द्रीय सदस्य जोशीलाइ नागरिक सम्मान

काठमाडौं चैत्र ६,  हालै सम्पन्न नेपाली कांग्रेसको १३ औ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य एवम सांसद नविन्द्रराज जोशी एवम् पार्टीका अन्त तह र तप्कामा निर्वाचित पदाधिकारीको सम्मानमा आज बरिष्ठ तथा जेष्ठ नागरिक समाज काठमाडौंले एक कार्यक्रमका वीच 12674694_1094208863932857_961008889_nसम्मान गरेको छ ।
समाजले आज विशेष कार्यक्रमका वीच सम्मानीत गरेको व्यक्तित्वहरुमा क्रमस काठमाडौं निर्वाचन क्षेत्र न ८ का सभापति जुद्धरत्न बज्राचार्य ,महाधिवेशन प्रतिनिधि तेबिन्द्ररत्न शाक्य , काठमाडौं जिल्ला सदस्य अंमीन पाण्डेय लगायतका रहनु भएको छ ।
सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य जोशीले नागरिक समाजको तर्फबाट अभिव्यक्त प्रस्तुत सम्मानले आफुलाइ थप जिम्मेवार बनाएको जिकिर गर्दै काँग्रेस प्रति जनताको माया सद्वभाव कांग्रेसका साथीहरुको आत्मबल बढेको बिचार व्यक्त गर्नुभएको थियो  ।