बुधबार, बैशाख १२, २०८१

दुर्घटनामा स्ववियु सभापति पोखरेल सहित दुइको मृत्यु

काठमाडौं चैत्र १५, बाराको अमलेखगन्ज–६ स्थित मुख्य राजमार्गमा आज बिहान नेपालगन्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना४ख 12494838_10208555226335085_5268400797523619312_n५६९६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा३च ८०९७ नं.को कार बिहान एकापसमा ठोक्ँिकदा भएको सवारी दुर्घटनामा पद्मकन्या क्याम्पस काठमाडौँकी स्ववियु सभापतिसहित दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कारचालक काभ्रे, महादेवस्थनाका ४४ वर्षीय ध्रुव कार्की र उदयपुर, कटारी–२ की ३७ वर्षीया लालकुमारी पोखरेल ९स्वस्तिका० रहेका छन् । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बारालाइ उदृत गर्दै प्राप्त भएको समाचारमा उल्लेख गरिएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।