शुक्रबार, बैशाख ७, २०८१

तेश्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगिताको तयारी अन्तिम चरणमा

बिर्तामोड चैत्र १६, सर्वाधिक पुरस्कार राशीको ‘तेश्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगिता–२०७३’ तयारी अन्तिम चरणमा पुगेको छ । झापाको दुहागढी–६ धाइजनमोडमा आगामी २०७३ बैसाख २ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा हुनै लागेको  आयोजकले बताएको छ । पूर्वप्रधानमन्त्री एवम एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्ने कार्यक्रमका लागि ग्राउण्ड व्यवस्थापन, खेलाडी व्यवस्थापन प्रशासनिक तथा सुरक्षाको व्यवस्थापन पूरा भएको आयोजक संस्थाका अध्यक्ष बालकृष्ण रिजालले बताउनुभयो ।
तेश्रो राष्ट्रिय पुरुष भलिवल लिग प्रतियोगिताका लागि प्रथम पुरस्कार राशीसहित मुख्य प्रायोजकमा दुहागढीको सोनिया घरघडेरी खरिद–बिक्री केन्द्र रहेको छ । त्यस्तै प्रतियोगितामा प्रतियोगितामा पाँच विकास क्षेत्रमध्येबाट ३ वटा टीम र नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, तथा जाउलाखेल भलिवल क्लबको गरी ८ वटा भलिवल टीमले सहभागिता रहनुको अलावा प्रतियोगिताको पहिलो पुरस्कार राशी नगद ३ लाख १५ हजार, त्यसैगरी दोश्रो पुरस्कार नगद १ लाख ७५ हजार तथा तश्रो पुरस्कार १ लाख १० हजार सिल्ड ट्रफि तथा प्रमाणपत्र रहेको छ भने उत्कृष्ट खेलाडीलाई २५ हजार नगद तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिने प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै राष्ट्रिय भलिवल प्रतियोगितामा ८ वटा टिमले १५ वटा खेल खेल्नुपर्नेछ । जसमा १÷१ पोलमा ६÷६ वटा तथा ३ वटा लिगमा खेल खेल्नुपर्ने छ ।

-प्रकाश उप्रेती

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829