शुक्रबार, चैत्र १६, २०८०

चितवन क्वाटर फाइलनमा प्रवेश

नारायणगढ चैत १६, चितवनको नारायणगढमा सञ्चालन भइरहेको दोस्रो नेपाल मारवाडी क्रिकेट लिग अन्तर्गत मंगलबार भएको खेलबाट मारवाडी युवा मञ्च चितवन क्वाटर फाइलनमा प्रवेश गरेको छ । चितवनले मारवाडी युवा मञ्च हेटौंडालाई पाँच विकेटले पराजित गर्दै क्वाटर फाइलनको यात्रा तयार गरेको हो । टस जितेर ब्याटिङ रोजेको हेटौंडाले निर्धारित २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय २५ रन बनाउन सफल भयो । एक सय २६ रनको विजय लक्ष्य सहित जवाफी ब्याटिङ सम्हालेको नारायणगढले १७ दशमलब एक ओभर खेल्दै पाँच विकेटको क्षतिमा विजय लक्ष्य प्राप्त गर्न सफल भयो । नारायणगढको जितको लागि अजित डागाले ३३ बलमा २९ रन जोडेका थिए । ओपनर ब्याट्स म्यान अमित अग्रवालले १८ बल खेल्दै १६ रन जोडेका थिए भने रन्जन अग्रवालले २१ बलमा १५ रन बनाउन सफल भए । चितवनका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

Cricket1-e1441789990740 चितवनका तर्फबाट मनिस पोडारले चार ओभरमा १४ रन खर्चिदै दुई विकेट लिएका थिए । त्यस्तै, चार ओभरमा २२ रन खर्चिदै एक विकेट र सचिन पोडारले चार ओभरमा १६ रन खर्चिदै एक विकेट लिन सफल भए । हेटौंडाका लागि सुमित अग्रवालले नट आउट ५२ बलमा ४४ रन जोडेका थिए । त्यस्तै, दिवस शर्मा ३५ बलमा ३५ रन जोड्दै पेबिलोन फर्किए । अर्का ब्याट्सम्यान चिराग अग्रवालले नट आउट १० बलमा ११ रनको योगदान दिनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

हेटौंडाको लागि नितेश अग्रवालले चार ओभरमा १४ रन खर्चिदै दुई विकेट लिएका थिए भने अर्का बलर प्रशान्त जैनले चार ओभरमा २३ रन खर्चिदै एक विकेट लिन सफल भए । मंगलबारको खेलमा मारवाडी युवा मञ्च चितवनका मनिस पोडार म्यान अफ दी म्याच घोषित भए । मंगलबारको म्यान अफ दी म्याचको लागि पुरस्कारको व्यवस्था युरो अटोमोटिभ प्रालि नारायणगढले गरेको मारवाडी युवा संगठनका सचिव सन्दिप अग्रवालले बताए ।  बुधबार मारवाडी युवा मञ्च चितवन र मारवाडी युवा मञ्च भैरहवाबीच पहिलो क्वाटर फाइनल खेल हुने पश्चिम क्षेत्रका खेल संयोजक नितेश महेश्वरीले जानकारी दिए । मारवाडी लिग अन्तर्गत पूर्व क्षेत्रको खेल बिराटनगरमा र पश्चिम क्षेत्रको खेल नारायणगढमा भइरहेको छ । दुवै तर्फको समूह विजेताहरु चैत २२ गते बिराटनगरमा फाइलनमा प्रतिष्पर्धा गर्ने मारवाडी युवा संगठनका केन्द्रीय अध्यक्ष कञ्चनकुमार अग्रवालले जानकारी दिए ।