बिहिबार, चैत्र १५, २०८०

घुस लिँदै गरेको अवस्थामा गाविस सचिव पक्राउ

काठमाडौ चैत ४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा जिल्ला मालपोत कार्यालय धनुषाको images (1)हाताबाट धनुषा कठकुल्ला गाविसका सचिव निरसन साहलाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करले गाविस सचिव साहले सेवाग्राहीको जग्गा नामसारी गर्ने प्रयोजनार्थ सिफारिस गरिदिँदा कानुनबमोजिम नगरी रु ५ हजार घुस मागेको सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको जनाएको छ ।