मङ्लबार, बैशाख ४, २०८१

घुस लिँदालिँदैको अवस्थामा पक्राउ परेको प्रनाउ ज्ञवाली र प्रनि सिंह विरुद्ध मुद्दा दायर

काठमाडौ फागुन १८,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै गरेको अवस्थामा पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दयानिधी ज्ञवाली र प्रहरी निरीक्षक रमेशबहादुर सिंह विरुद्ध आज विशेष अदालतमा मुद्दा timthumb (1)दायर गरेको छ ।

आयोगले आज दायर गरेको मुद्धामा महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक ज्ञवाली र प्रहरी निरीक्षक सिंहले दुई पक्षीय लेनदेनका विषयमा रकम भुक्तानीको म्याद लम्ब्याइदिन्छौँ भनी रु ३ लाख घुस लिँदालिँदै आयोगको टोलीले केही समय पहिले पक्राउ गरेको उल्लेख गर्दै हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जारी विज्ञप्तिमा उल्ल्ेख गरिएको छ ।