मङ्लबार, बैशाख ११, २०८१

गुल्मी-भुर्तुड्ग सम्पर्क समिति भारतको प्रथम बार्षिकोत्सब सम्पन्न

  • देबेन्द्र केसी /नयाँ दिल्ली
      चैत्र ७

गुल्मी जिल्लाको सुदुर पूर्वमा रहेको गाबिस भुर्तुड्गबाट छिमेकी मुलुक भारतको राजधानी दिल्लीमा विभिन्न पेसामा कार्यरत भुर्तुड्गेलीले  आफ्नो स्थापनाको प्रथम बार्षिकोत्सब सम्पन्न गरेका छन । समितिका अध्यक्ष टिका बहादुर कार्कीको अध्यक्षता समपन्न कार्यक्रममा भुर्तुड्ग गाबिस देखी बाहिरको भएरपनि प्रवासी भुर्तुड्गेली जनताको हितका लागि सदैव कार्य गर्ने र गत बैशाखमा गएको बिनासकारी महाभुकम्प पछि चलाएको भुर्तुड्ग अर्थक्वेक रिलिफ फण्ड अभियानमा सक्रियताका सहयोग गर्ने गोकर्ण शर्मा र मधु पौडेल त्यस्तै नेपाल अवाज पत्रिकाका फोटो पत्रकार गोपाल भारद्वजलाई सम्मानीत गरिएको थियो ।

त्यस्तै आफ्नो सबल नेतृत्व मार्फत भुर्तुड्गेली जनतालाई प्रवासमा गोलबद्ध गर्न सफल भएको भनि समितिका अध्यक्ष टिका बहादुर कार्की र बरिष्ठ सल्लाहकार रेशम शाहलाई नेपाली चिनो ढाका टोपी लगाएर सम्मानित गरिएको उक्त कार्यक्रममा क्रमस बरिष्ठ सल्लाहकार रेशम शाह , मोहन पौडेल , सितल हमाल , मुकुन्द पौडेल , कृष्ण प्रसाद पौडेल , सिता सुबेदी , दिपक पौडेल , गोपीराम पौडेल , राजकुमार पौडेल , राम बहादुर क्षेत्री , यम बहादुर हमाल , टिकाराम सुबेदीलगायतका वक्ताले बोल्नु भएको थिायो । कार्यक्रमको सञ्चालन समितिकामहासचिव तथा मीडियाकर्मी देबेन्द्र केसीले गर्नुभएको थियो ।