मङ्लबार, बैशाख ११, २०८१

गुलेली निशाना…

1394613424_gulali

ताकि ताकि गुलेली निशाना लाउनेले
पिठ्युमा मत्याङग्राको गोली हान्नेले
मुटुमा चोट दिई गयो
मनमा भंगालो छरी गयो
ताकि ताकि गुलेली निशाना लाउनेले

 उसको त्यो नजरको बानले
मेरा नजरहरु शरमले झुकाई दियो
उसको त्यो अधरको गर्मीले
मेरो दिल भित्र यौवन उमाली दियो
देखी देखी नदेखे झैै गर्नेले
मनमा एउटा ओठमा अर्को गर्नेले
मुटुमा चोट दिई गयो
मनमा भंगालो छरी गयो
ताकि ताकि गुलेली निशाना लाउनेले

उसको त्यो इशाराको बोलीले
मेरो मनमा हलचल ल्याई दियो
उसको त्यो मुस्कानको प्यालाले
मेरो जीवनमा नशा चढाई गयो
तर्कि तर्कि नजीक आउनेले
फर्कि फर्कि बाटो देखाउनेले
मुटुमा चोट दिई गयो
मनमा भंगालो छरी गयो
ताकि ताकि गुलेली निशाना लाउनेले

– गौतम डंगोल “सन्देश”