शुक्रबार, बैशाख ७, २०८१

को को निर्वाचित भए ? काँग्रेस खुल्ला केन्द्रीय सदस्यमा (प्राप्त मतको सूची सहित)

nc-mahadhibeshan-harekpal काठमाडौ चैत्र १. नेपाली काँग्रेसको १३ औ महाधिवेशन अन्र्तगत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको २५ सदस्यीय खुल्ला केन्द्रीय सदस्यको मतगणना आजबाट सम्पन्न भएको छ ।  सम्पन्न मतगणनाको पछिल्लो परिणाम अनुसार खुल्ला २५ केन्द्रीय सदस्यमा क्रमस डा शेखर कोइरालाले सबैभन्दा बढी मत अर्थात १८४८ मत ल्याई विजयी हुनुभएको छ । यसैगरी खुमबहादुर खड्का १८४६, प्रकाशमान सिंह १७९५, प्रदीप पौडेल १७०९, कुलबहादुर गुरुङ १७७३, प्रदीप गिरी १७२५, धनराज गुरुङ १६९७, बालकृष्ण खाँण १७०४, रमेश लेखक १६८९, पूर्णबहादुर खड्का १६८६, महेश आचार्य १६६९, बलबहादुर केसी १६७४, विमलेन्द्र निधि १६८० र डा रामशरण महत १६११ मतसहित केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ ।

त्यस्तै, सुजाता कोइराला १६१९, विश्वप्रकाश शर्मा १६२०, शङ्कर भण्डारी १५४७, एनपी साउद १५४७, बद्री पाण्डे १४८५, गोपालमान श्रेष्ठ १४९९, ज्ञानेन्द्रबहादुर कार्की १५०२, डा प्रकाशशरण महत १४९१, डा नारायण खड्का १४६४, चन्द्र भण्डारी १४९२, डा मीनेन्द्र रिजाल १४२० मतसहित विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।  त्यस्तै निर्वाचन समितिका अनुसार यस पटकको खुला २५ केन्द्रीय सदस्यको निर्वाचनमा प्रतिसप्रर्धी उम्मेदवार मध्ये एक मात्र महिला उम्मेदवार सुजाता कोइराला विजयी भएको जनाएको छ ।

गत फागुन २३ गते पदाधिकारीसहित ६४ सदस्यका लागि भएको निर्वाचनको अब प्रदेश केन्द्रीय सदस्यको मात्र मत परिणाम आउन बाँकी छ । सो पदको सोमबार साँझसम्म मत परिणाम आइसक्ने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको  छ । प्रदेश केन्द्रीय सदस्यको प्राप्त पछिल्लो मतपरिणाम  यस्तो रहेको  छ । 

प्रदेश नं १
१. गुरुराज घिमिरे– ८५३
२. भिष्मराज आङदेम्बे– ७९१
३. अमृत अर्याल– ७२८
४. अनिलकृष्ण प्रसाईं– ४३८

प्रदेश नं २
१. आनन्द प्रसाद ढुंगाना– ९३३
२. रमेश रिजाल– ९१७
३. तेजुलाल चौधरी– ७४५
४. हरेशप्रसाद महतो– ६४७

प्रदेश नं ३
१. नवीन्द्रराज जोशी– ७८७
२. मोहनबहादुर बस्नेत– ६८२
३. रामनाथ अधिकारी– ५५१
४. ध्यानगोविन्द रञ्जित– ५४७

प्रदेश नं ४.
१. गोविन्द भट्टराई– ८२३
२. सुरेन्द्र पाण्डे– ८१०
३. अर्जुन जोशी– ७७२
४. देवराज चालिसे– ६९५

प्रदेश नं ५
१. दीपक गिरी– ९३१
२. देवेन्द्रराज कँडेल– ८४६
३. भरतकुमार शाह– ७६१
४. रेवतीप्रसाद भुषाल– ५४३

प्रदेश नं ६
१. हृदयराम थानी– १०३८
२. जीवनबहादुर शाही– ९६८
३. गोपालजी जंग शाह– ८४२
४. दिनबन्धु श्रेष्ठ– ७६५

प्रदेश नं ७
१. दीलेन्द्र बडु– १०१६
२. वीरबहादुर बलायर– ८८४
३. बहादुर सिंह थापा– ६४९

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829