शनिबार, बैशाख ८, २०८१

कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं चैत १, मुलुकमा बढ्दो कालाबजारी लगायतका विकृती तत्काल नियन्त्रणकाृ माग गर्दै अनेरास्ववियुकी अध्यक्ष नविना लामा   नेतृत्वको प्रतिनिधी मण्डलले आयल निगम स्वयं कालोबजारीमा संलग्न भएको, अन्तर्राष्ट्रिय बजार अनुरुप पेट्रोलियम पदार्थको मूल्य downloadसामायोजन गर्नुपर्ने, लिपुलेक सम्झौताको बिषयमा सरकारबाट स्पष्ट धारणा आउनु पर्नेलगायतका माग सहित आज प्रमनिवास बालुवाटारमा प्रधानमन्त्री केपी हर्मा ओलीलाइ ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री केपी ओलीले कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर्न सरकारले विशेष योजना बनाउने जनाउ दिदै उहाँले कालोबजारी नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको र मुलुकमा जारी नाकाबन्दी खुल्दासमेत कालोबजारी नियन्त्रण र सहज आपूर्ति हुन नसक्नु दुःखद भएको भन्दै सरकारले अव कालोबजारी नियन्त्रण कडा कदम चाल्ने बताउँनुभएको प्राप्त समाचारमा उलेख गरिएको छ ।  त्यसक्रममा अध्यक्ष लामाले आफना माग पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए ।