शुक्रबार, बैशाख १४, २०८१

काउन्सिलद्वारा एबिसी टिभीलाई निर्देशन सहितको चेतावनी

काठमाडौँ  चैत १८ ,   प्रेस काउन्सिल नेपालले एबिसी टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘एबिसी वाच’ले पत्रकार आचारसंहिताको उल्लङ्घन गरेको भन्दै गल्ती सच्याउन निर्देशन सहितको चेतावनी दिएको छ । बुधवार अर्थात चैत १७ गते टेलिभिजनबाट प्रसारित सो कार्यक्रममार्फत abctvसिके राउतको अन्तरवार्ताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै काउन्सिलले यस्तो निर्देशन सहितको चेतावनी दिएको हो । काउन्सिलले आज एबिसी टेलिभिजनलाई पठाएको निर्देशन सहितको चेतावनी  पत्रमा भनिएको छ–  मुलुकको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता र सामाजिक सद्भावविरूद्ध अभिव्यक्त भएका विचार र भनाइलाई त्यस टेलिभिजनद्वारा प्रसारित गर्ने कार्यबाट पत्रकार आचारसंहिता २०६० (संशोधित २०६४०)को दफा ४ (१) को ठाडो र गम्भीर रूपमा उल्लङ्घन भएको जनाउँदै त्यस्ता असंवैधानिक र गैरकानुनी विचारलाई जिम्मेवार, उत्तरदायी र मर्यादित भूमिका निभाउनुपर्ने आमसञ्चार माध्यमबाट प्रसारित हुनु, आपत्तिजनक र प्रेस स्वतन्त्रताको गम्भीर दुरूपयोग भएको ठहर गरेको छ ।
साथै खालका विचार प्रसारित नगर्न नगराउन र गल्ती अविलम्ब सच्याउन निर्देश गर्दै आचारसंहिता उल्लङ्घन गरेकामा किन कारबाही नगर्ने
दिनभित्रमा आफ्ना भनाइ लिखित रूपमा पेस गर्नसमेत निर्देश गरिन्छ”– निर्देशन पत्रमा उल्लेख गरिएको छ । जवाफ सन्तोषजनक नभएमा काउन्सिलले कारबाहीका लागि थप प्रक्रिया अगाडि बढाउने जनाइएको छ ।