बिहिबार, बैशाख १३, २०८१

काँग्रेसले सत्ता बाहिर बसेरनै आफ्नो भमिका निर्वाह गर्ने : सभापति देउवा

 नवनिर्वाचित समितिको पदभार बुधबार

काठमाडौ चैत्र २, १३ औ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुँनु भएका नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाइ बधाई दिन नेपाल प्रेस युनियनले उहाँको निवास बुढानीलकण्ठमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै नवनिर्वाचित सभापति Sherbahadur-Deuba-Nepali-Congress-650x365देउवाले किमार्थ काँग्रेस सत्तामा जान लालायित नभएको जिकिर गर्दै सत्ता बाहिर बसेरनै काँग्रेसले आफ्नो भूमिका निर्वाह गर्दै पार्टी���ाई एक ढिक्का बनाई अगाडि बढ्ने छु बताउँनु भएको छ ।

कार्यक्रममा युनियनका सभापति बद्री सिग्देल, महासचिव अजयबाबु शिवाकोटीलगायतले अभिव्यक्ति तथा विचार स्वतन्त्रका पक्षधर शक्तिको संरक्षणबाट मात्र लोकतन्त्रको रक्षा हुने बताउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  यसअघि युनियनले नव निर्वाचित काँग्रेस महामन्त्री शंशाक कोइरालाइ पनि बधाइ त्रापन गर्दै सफ कार्यकालको शुभकामना अभिव्यक्त गरेको थियो ।

यसैवीच काँग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको पदभार ग्रहणको कार्यक्रम बुधबार साँझ ४ बजेका लागि पदभार ग्रहणको कार्यक्रम तय भएको बुझिएको छ ।  साथै पार्टीको केन्द्रीय निर्वाचन समितिले बुधवारनै समितिले नवनिर्वाचित सबै पदाधिकारी र सदस्यलाई विजयी भएको प्रमाणपत्र वितरण समेत गर्ने भएको छ ।