शुक्रबार, बैशाख ७, २०८१

काँग्रेसले संसदीय दलको निर्वाचनको लागि निर्वाचन समिति गठन

भ्रातृ संस्थाको अधिवेशन छ महिनाभित्र सम्पन्न गर्ने 

काठमाडौ चैत्र ५, नेपाली काँग्रेसको १३औँ महाविधेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको आज बसेको पहिलो बैठकले संसदीय दलको नेता चयनका लागि केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ ।

Nepali_Congressसमितिको सदस्यमा केन्द्रीय सदस्यद्वय सुरेन्द्रराज पाण्डे र गुरुराज घिमिरे रहनुभएको भएको छ । त्यस्तै बैठकले नेपाल विद्यार्थी सङ्घ लगायत सम्पूर्ण भ्रातृ संस्थाको अधिवेशन छ महिनाभित्र सम्पन्न गर्ने निर्णय गर्नुको अलावा काँग्रेसले संविधान कार्यान्वयनको जिम्मेवारी, प्रदेश सीमाङ्कन लगायत समस्या समाधानका लागि अन्य दलसँग अगुवाइका साथ छलफल गरी निष्कर्षमा पु¥याउने निर्णय गरेको छ ।

साथै बैठकले फागु पर्वको शुभकामना सहित महाअधिवेशनको क्रममा सहयोग गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा काँग्रेस केन्द्रीय निर्वाचन समिति, पार्टी समर्थित कानुन व्यवसायीको सङ्गठन प्रजातान्त्रिक कानुन व्यवसायी सङ्घ, सञ्चार जगत्, सुरक्षाकर्मी लगायतका सवैलाई धन्यवाद दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829