शनिबार, बैशाख ८, २०८१

उम्मेदवारी दर्ताको फारम वितरण बुधवारबाटै सुरु

काठमाडौ फागुन २०, नेपाली काँग्रेसको आजबाट राजधानीमा सुरु हुँन गइरहेको १३ औं महाधिवेशनबाट नयाँ नेतृत्वको चयनको लागि उम्मेदवारी दर्ता गराउँन बुधवारबाट उम्मेदवारी फारम वितरण सुरु गपरिएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा रहेको केन्द्रीय निर्वाचन समितिको कार्यालयबाट फारम वितरण सुरु गरिएको निर्वाचन समितिलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार शुक्रबार मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको जनाउँदै सोहि दिन उम्मेदवारको नामावली प्रकाशित गरिने तयारी भएको बुझिएको छ।

त्यस्तै उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि निर्वाचन समितिले २२ गते बिहान ९ बजेदेखि ११ बिहानबजेसम्मको समय तोकेको छ । उम्मेदवारी फिर्ता लिने समय सकिनासाथ बिहान ११ बजे नै निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने भएको छ । राष्ट्रिय सभागृहमा फागुन २३ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समयावधि तोकिएको छ । मतदान सकिएपछि सभापतिको मतगणना हुने र   पहिलो चरणमै कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याएमा सभापतिको नतिजा घोषणा गरी अन्य पदको मतगणना सुरु हुनेछ ।  यदि सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी नल्याएमा बढी मत ल्याउने दुई जनाबीचमा मात्रै प्रतिस्पर्धा गराउनुपर्ने भएकाले त्यो निर्वाचन गरेर फेरि मतगणना सकिएपछि मात्रै अन्य पदको मतगणना गरिने भएको छ ।