बुधबार, बैशाख १२, २०८१

आलमलाइ १८२ मतले पछि पार्दै काँग्रेसको मुस्लिम आरक्षणतर्फ फर्मुल्लाह निर्वाचित

काठमाडौ फागुन २७, नेपाली काँग्रेसको १३औँ महाधिवेशन अन्र्तगत आरक्षणकोटाको मुस्लिम मुस्लिम कोटाका केन्द्रीय सदस्यका Captureउम्मेदवार फर्मुल्लाह मन्सुरले निकट प्रतिस्पर्धी मोहम्मद आफताब आलमलाइ १८२ मतले पछि पार्दै विजयी हुनुभएको छ । केन्द्रीय निर्वाचन समितिका मन्सुरले १ हजार २२६ मत प्राप्त गर्नुभएको थियो भने आलमले १ हजार ४४ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै खुलाकेन्द्रीय सदस्यतर्फ को जारी मतगणनाको परिणाम फेरि खुमबहादुर खड्काले आफ्नो अग्रता कायम गर्नु भएको समितिले जनाएको छ । समितिका अनुसार ४०० मत गणना गर्दा खड्काले २४२ मत प्राप्त गर्नु भएको थाहा भएको छ । साथै पछिल्लो परिणामको घोषणा संगै जारी मतगणना शुक्रबार १० बजेसम्मका लागि स्थगन गरिएको छ ।