बिहिबार, बैशाख १३, २०८१

आयोगद्दारा १५ वटा दलको दर्ता खारेज

काठमाडौ फागुन २३,  निर्वाचन आयोगले लगातार तीन आर्थिक वर्षको आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेस नगर्ने १५ वटा nirwachan4राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले पटकपटक ताकेता गर्दा पनि कुनै परवाह  नगरि आयोगबाट माग भएको आर्थिक प्रतिवेदन लगायतका कागजात पेश नर्गर्ने राजनीतिक दललाइ कारवाही स्वरुप निर्वाचन आयोग ऐन, २०६३ को दफा २४ को उपदफा (१) को खण्ड (ख) बमोजिम दर्ता खारेज गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

त्यस्तै यसरी आयोगले दर्ता खारेजी अन्र्तगतको  कारवाहीमा परेका  क्रमस समाजवादी जनता पार्टी, जनता दल युनाइटेड, जनता पार्टी नेपाल, नेपाली जनता पार्टी ,नेपाल जनभावना पार्टी,स–शक्ति नेपाल, नेपाल राष्ट्रिय लोकतान्त्रिक दल,नेपाल राष्ट्रिय जनकल्याण पार्टी, जनमुक्ति पार्टी नेपाल, शिव सेना, लिवरल समाजवादी पार्टी, नेपाल साम्यवादी दल, नव नेपाल प्रजातान्त्रिक दल,लोकतान्त्रिक राष्ट्रिय पार्टी, समाजवादी पार्टी  रहेको जनाएको  छ ।  त्यस्तै   खारेजीमा परेका यि  दलले यसअघि प्राप्त गरेको नाम, चुनाव चिह्न र झन्डा खारेज गर्ने र एक वर्षसम्म अन्य कुनै राजनीतिक दलले तिनलाई प्रयोग गर्न नपाउने गरी ‘फ्रिज’ गरेको जनाएको छ ।