शुक्रबार, चैत्र १६, २०८०

आज देशभर महाशिवरात्री पर्व मनाईंदै, पशुपतिनाथ लगायत शिवालयहमा भक्तजनको घुईंचो

नेपाली सेनाले आज सेना दिवस मनाउदैँ

काठमाडौ फागुन २४, आज फागुन कृष्ण चतुर्दशी अर्थात महाशिवरात्रि पर्व, प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने यो पर्वमा हिन्दू धर्मावलम्बीले पशुपतिलगायत देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक एवम् भजनकिर्तनसहित मनाइँदैछ । 11015743_10202347015555448_1670608978_nविभिन्न १२ ज्योतिर्लिङ्गमध्ये पशुपतिनाथ पनि महत्वपूर्ण भएकाले हिन्दू धर्मावलम्बीले शिवरात्रिमा भगवान शिवको दर्शनका लागि  जाने गर्दछ । त्यसोत आम नेपालीले आफ्नो आराध्य देवताका रूपमा पनि भगवान शिवलाइ पुजीने गरिन्छ ।

  शिवजी उत्पन्न भएको रातका नामबाट नामाकरण गरिएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार रात्रीमध्ये एक पवित्र पर्वका रुपमा पुराणमा उल्लेख गरिएको छ । फाल्गुण कृष्ण चर्तुदशीका दिन मनाईने यस पर्वको अवरमा भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्री पर्वको मेला भर्न आज नेपालका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

त्यस्तै आजको दिन भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा बिहान ३ बजेखि नै दर्शनार्थीको व्यापक घुइँचो लाग्ने गर्दछ । केदारनाथको शिरो भाग भनेर चिनिने यस मन्दिरमा दर्शनार्थीका लागि मन्दिरको चारैवटा ढोका खुल्ला गरेर pashupati_umeshदर्शनको व्यवस्था मिलाउनुको अलावा दर्शनार्थीको सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीका साथै विभिन्न सङ्घसंस्थाबाट स्वयम्सेवक परिचालन गरिएको पर्व व्यवस्थापन समितिले जनाएको छ ।  त्यस्तै पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भारतलगायत विभिन्न देशबाट उल्लेख्य सख्यामा साधुसन्त भित्रिएका छन् । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये मनाइने शिवरात्रिमाका दिन भगवान पशुपतिनाथको मन्दिरमा पछिल्लो समय विकृतिस्वरुप गाँजा, भाङजस्ता नसालु पदार्थ सेवन गर्ने परम्परालाइ न्यूनिकरण गर्ने लक्ष्य अनुरुप यस वर्ष सो क्षेत्रमा गाँजा निषेध गर्ने तयारी भइरहेको स्थानीय प्रशासन र  पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

यसैवीच महाशिवरात्रिको दिनमा नेपाली सेनाले आज सेना दिवस’ मनाउदैँछ । सेना दिवसको अवसरमा बिहान ११ बजे सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गर्दै मनाइने प्रस्तुत समाहरोमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनुुहुनेछ । सैनिक मञ्च टुँडिखेलमा आयोजना हुँने यस कार्यक्रममा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम हुने सैनिक मुख्यालले जनाएको छ।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम सहित मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै राष्ट्रिय सुरक्षाको अलावा पछिल्ला वर्षहरुमा विपद् व्यवस्थापन र विकास निर्माणका कार्यमा समेत प्रमुख महत्वपूर्ण काम गर्दै आएको छ।