कहाँ थिएँ कहाँ पुर्यायौ
बाटो बिच अल्मलेको तिनपाते झार बनायौ
जे थिएँ म ठिक थिएँ
काहिं न कहिंको बेवारीसे साल बनायौ
बाटो अघि तिमी हिंडयौ
पछि पछि यति टाढा साथ लगायौ
आँखा चिम्ली हेर्न सिकायौ
दुनियालाई पर छोडि आफैमा नै रम्न सिकायौ
के थिएँ के पो बनायौ
जिवन थिएँ जिउँदैमा चिता जलायौ
कहाँ थिएँ कहाँ पुर्यायौै
माया रुपी तिर चलायौ
सपनी मै कहाँ कहाँ दर्पन गरायौ
मनै मन रम्न सिकायौ
अँधेरीमा एक्लै बसी तड्पी तड्पी रुन सिकायौ
कस्तो थिएँ कस्तो बनायौ
एक्लै हिंडने एकान्तको बाटो देखायौ
कहाँ थिएँ कहाँ पुर्यायौै
– गौतम डंगोल “सन्देश”