काठमाडौं चैत्र ७, नेपालभाषाको रंगीन साप्ताहिक पत्रिका लहनाले आफ्नो दोश्रो वार्षिक उत्सवको अवसरमा लहना प्रकाशन समूहले पत्रकार श्रीकृष्ण महर्जन यस
वर्षको लहना धर्म मोति नेवाः पत्रकारिता पुरस्कारबाट सम्मानित गरेका छन । राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकार महर्जनलाई रु.१०००१ को राशि सहितको पुरस्कारबाट र त्यसैअवसरमा नेपालभाषाको चलचित्र क्षेत्रमा विशिष्ट योगदान पु-याएको भन्दै चलचित्र निर्देशक सुरेन्द्र तुलाधरलाई पनि लहना सुर सम्मानबाट सम्मानीत गरेको हो । न्हूदँ राष्ट्रिय समारोह समिति ११३६का अध्यक्ष डा. महेशमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पत्रकार महर्जनलाई पत्रकारिता पुरस्कारका दाता एवम् संरक्षक लक्ष्मण गमालले र निर्देशक तुलाधरलाई लहना सुर सम्मानका दाता एवम् संरक्षक सुरबहादुर श्रेष्ठले राशि पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तैगरि समाजमा अपराध नियन्त्रणको साथै स्थानीय संस्कृति, जात्रापर्वलाई व्यवस्थित बनाउन अनवरत रुपमा योगदान पु-याएकोले महानगरीय अपराध महाशाखाका प्रमुख सह आयुक्त सर्वेन्द्र खनाललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा ख्वताबजिका कलाकारले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।