काठमाडौं फागुन २३, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा ग्यातुकी कोजीलाई नियुक्त गरेको छ । जापानी राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य समेत रहेका कोजीलाई एक वर्षका लागि शनिवार विधिवत नियेत्त, गरेको एन्फाले जनाएको छ । एन्फाका अनुसार नवनियुक्त प्रशिक्षक कोजीले आइतबारदेखि प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएको छ ।