काठमाडौं फागुुन १९, नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलवार निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । प्रकाशित कार्यक्रम अनुसार मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा नामावली प्रकाशन गरिएको छ भने उम्मेदवारी दर्ताको समय भने यही फागुन २० गते बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्मको समयसिमा तय गरिएको छ ।
त्यस्तै दाबी विरोधका लागि सोही दिन उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि निर्वाचन समितिले २२ गते बिहान ९ बजे देखि ११ बिहान बजेसम्मको समय तोक्दै उम्मेदवारी फिर्ता लिने समय सकिनासाथ बिहान ११ बजे नै निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरेको छ । साथै समितिका अनुसार काँग्रेस महाधिवेशनकोको निर्वाचन यसअघि विद्युतीय यन्त्रबाट हुँने भनिएपनि प्र्राविधिक समस्याका कारण मतदाको क्रममा विद्युतीय यन्त्र प्रयोग नहुँने भएको छ । मतदानको कार्यक्रम भने फागुन २३ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म राष्ट्रिय सभागृहमा हुने भएको छ ।