बुधबार, माघ १८, २०७९

मेरो जिन्दगीका भोगाइ र लेखाई……

“हाम्रो सर कस्तो कस्तो
नाक हेर्याे माच्छापुच्छ्रे चुचुरो जस्तो
गाउँ घर तिर चल्ला टिप्ने स्याल जस्तो
कक्षा कोठा छिर्ने बित्तिकै भन्छन् कुचो खोई खोई
अन्धाधुन्द  लाउँछन् बुचो जो जो भेटियो उसैलाई
हाम्रो सर कस्तो कस्तो”

  •  गौतम डंगोल -सन्देश

g1 aकक्षा ४ मा अध्यनरत रहँदा गणित गुरु शेखर बरालका बाध्यकारी आज्ञापालनका शिलशिलामा उनकै विषयमा लेखिएको यो लेख नै मरो स्मृतिपटमा भेटिएको सम्भवत मेरो जीवनको पहिलो लेख होला जसलाई अन्य बिद्यार्थी सरह मैले पनि थरथर का“पेर कक्षामा उभिएर वाचन गरेको थिए । शेखर गुरुको दण्डबाट त्रसित मेरा बाल मनोविज्ञान यो लेखको खेस्रा कोर्न बाध्य भएको थियो । त्यसपछिका मेरा स्कुले दिनमा क्रमिक ढंगले लेख रचना लेख्ने र पोको पारेर फाल्ने क्रम चल्न थाले । नमुना मच्छिन्द हाई स्कलमा कक्षा ९ मा अध्ययनरत रहँदा  सम्ममा एउटा कविता संग्रह प्रकाशन गर्ने मनसायबाट एक रुपैया“को कमल ब्राण्ड कपी भरी आफुले सिर्जेका कविता लिएर लगनखेल साझा भवन भित्रको अफसेट प्रेस ढाएको प्रसंग अझै पनि मेरो मानसपटलमा सजीव छन्

यहि सेरोफेरोमा केहि अनन्य मित्रका लागि प्रेम पत्र लेखिदिने काम पनि भए जुन अत्यन्त रोमान्चक हुने गर्दथे । प्रेमी मित्रले विषय प्रशंग बेलिबिस्तार लगाईदिन्थे र त्यसैमा आधारित रहेर आफुलाई त्यस परिस्थितिमा अनेकन तानावाना बुनेर प्रेम पत्र कोर्थें मानौ कि म मेरी सपनाकी रानीलाई पत्र कोरीरहेको छु । ती शुन्य ज्यालादारी पे्रमपत्र लेखन पनि मेरा साहित्य श्रृजनाका बेग्लै पाता थिए जसमा म अनेकन रङ्ग भरेर मिठास दिने यत्न गरीरहन्थें । त्यस पर्यन्त प्रवेशिका पछिका दिनहरुमा क्याम्पस पढाइका शिलशिलामा स्व.बि.यु.ले प्रकाशन गर्ने वार्षिक स्मारिकामा नछुटाईकन कहिले नेपाली त कहिले नेवारीमा लेख लेख्न थाले । स्नातकोत्तर अध्ययनका क«ममा लक्का जवान भइसकेको अवस्थामा घरमा बा आमाको पैसाले गुजार गर्न शरम महसुस गरेसँगै सानातिना काममा अल्मलिन थालें । यसबीचमा जिन्दगीले साक्षात्कार गरेका अनेक आरोह अवरोहलाई मन खालि हुने गरी प्रकट गर्ने एउटै माध्यम वा भनौं सहारा यहि लेखन रहयो । मेरा जिन्दगीका भोगाई सरल ढंगले लेखाईमा परीणत हुँदै गए । मैले भन्ननैु पर्छ कि मैले कुनै व्यवसायिक अथवा पेशागत उद्घेश्य भन्दापनि आफ्नै लागि लेखें । जिन्दगीमा झुक्किएर ठोकिन आएका अत्यन्त थोरै खुशी र हरपल हरक्षण छाँया झंै मेरो सामु प्रतिबिम्वित भइरहेका अनेकन क्रन्दनलाई दुरुस्त पोख्ने मेरो ठाँउ यी सादा पानामा रुपान्तरण भए ।

एवम् रितले राजधानीको टेकुस्थित एक माडवाडी बाबुको दफ्तर जहाँ म काम गर्थें  त्यहाँका दुईजना पियनलाई आफ्ना लेख रचना पढेर सुनाउँथे र सुनिदिए वापत दुईवटा समोसाको पारिश्रमिक पनि तिर्थें । यहाँसम्मकी मैले बैकिङ्ग करीयरको सिलसिलामा एउटा नयाँ बैकमा अन्तरवार्ताका लागि बस्दा सामुन्ने बेन्चमा आसिन महासयको प्रश्नको जवाफ स्वरुप लेखन मेरो सौख हो भनी जवाफ फर्काउ“दा बैंकमा काम गर्दै कविता लेख्न थाल्नु भएछ भने बैंक कसरी चल्छ भन्ने टिप्पणी वास्तविक स्मरण योग्य रह्यो । तथापी गीत लेखें, कविता लखें, लेख लेखें जे लेखें आफ्नै लागि लेखें, कसैको सीमाना, परिधी भन्दा विल्कुल बाहिर उन्मुक्त भएर लेखें । ती मध्ये जुन जुन प्रकाशन योग्य ठहरीन्थे तिनले प्रति शब्द एक मोहरका दरले सुख्खा गोजीलाई केहि उठाउने प्रयास जरुर गरेका छन् । अहिले पनि आफ्नो मुल पेशाका अलावा लेख्ने कार्य जारी छ र कता कता लाग्छ मेरो मन यसैमा रमाएको छ, स्वतन्त्र स्वाधिन छ । एकदुई जना सहृदयी मित्रहरुको पहलकदमीमा केही गीतहरु कम्पोज भएका छन् भने केही संगीत संयोजनका क्रममा छन् । त्यसमध्ये एउटा गीतले लयबद्ध भई गीतको रुप समेत प्राप्त गरिसकेको छ ।
हुनत विद्धान लेखकका आआफ्नै कथनहरु होलान् तर मेरो सन्दर्भमा भन्नुपर्दा मेरा लेखाइमा म आफु स्वंय अथवा मेरा वरीपरीका भोगाइको दृष्टान्त प्रस्फुटन भएका हुन्छन । कपीका पानामा कलमको निवले लगाउने दोबबाट सिर्जित शब्दहरुले या त आफ्नै भोगाईलाई पर्दामा उतारिहेको हुन्छ या त आफ्ना वरीपरीका भोगाइका अनुभुतिलाई अभिव्यक्त गरीरहेका हुन्छन् । त्यसकारण लेख्नका लागि आफ्ना जस्तै अरुका भोगाइलाई पनि दुरुस्त अनुभत गर्न सक्ने खुबी हुनुपर्दछ । अनि बल्ल वास्तविकताको धेरै नजीक पुगेर ख्र्रेस्राहरु कोर्न सकिन्छ । आफ्ना, खुशी, दुःख, आशा, निराशा, पिडाका अनुभति त स्वत हाँसो, आँशु, मुस्कान द्धारा अभिव्यक्त भइहाल्छन् तर तिनैे अनुभुतिमा हाँसो, आँशु, मस्कान आफ्नोमा प्रतिविम्वित गर्न सकियो भने लेखाइ वास्तविक हन्छन् भन्ने कुरामा मेरा लेखन शेली प्रतिविम्वित भएका छन ।

लेखनकै सन्दर्भमा उहिले देखि नै मेरो मनमा लाग्ने गरेकौ एउटा अर्को कुरा भाषा र श्रृजनाको एकआपसमा अन्तरनिहितता । लेखाईका क«ममा पटक पटक आफुले भोगेका शब्दाभावका स्थीतिले आफ्नै भाषामा लेख्न सजीलो हुनुपर्ने हो भन्ने आभाष दिलाईरह्यो । साहित्य श्रृजनामा भाषाले कत्तिको असर पार्दो हो । उहिले मलाई लाग्दथे की मेरा नेपाली मातृभाषी मित्र झैं मेरो मातृभाषा पनि नेपाली भएर मलाई पनि तीनलाई झैं पोख्त नेपाली आउने भए म साहित्य श्रृजनामा जम्न सक्थें होला । तर कालान्तरमा मेरा सोच भन्दा पर रहेछ साहित्य श्रृजना भन्ने महशुस गर्न थालेको छु । श्रृजना एउटा विशिष्ट कला हो जुन मन भित्रका आवेगबाट उम्रिन्छ । त्यसैले म आज नेवारी मातृभाषी भईकन पनि मलाई सहज लाग्ने भाषा नेपालीमा खेस्रा कोर्नमा तल्लीन छु भने मेरा धेरै नेपाली मातृभाषी मित्र मेरा लेख पढ्नुहुन्छ र मेरा भाषागत त्रुटिलाई औंल्याईदिएर सधै  मलाई लेख्नमा अभिप्रेरित गरिहनुहुन्छ ।  त्यसै गरी मेरा आफनै जिवनका र मेरा वरपरका भोगाईको प्रभावले हुन् मेरा लेख सुयोग भन्दा वियोग, अनि हाँसो, खुशी भन्दा दुख, पिडा, वेदनामै बढि एकोहोरीन्छन् । जिन्दगीलाई भोगीरहेको छु र अनि जिन्दगीका भोगाईहरु पनि त्यस्तै लेखिरहेको छु र लेखिरहननै छु । जुन दिन मेरा लेखमा मेरो जीवन देख्न छोड्नेछु त्यहि दिन विलम्व नगरीकन पूर्णविराम लगाउनेछु । त्यतिन्जेल सम्म अगाडि भनिए झैं सम्पादन नगरीकन मनका भंगालाहरुलाई सादा कागजमा पोखिनै रहनेछु, केवल आफनै लागि खेस्राहरु कोरीनै रहनेछ्र । जीन्दगीका भोगाईलाई लेखाईमा समेटिनै रहनेछु ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829