काठमाडौ फागुन १९, मन्त्रिपरिषद्को आज बसेको बैठकले भूकम्पपछिको राष्ट्रिय पुनःप्राधिकरणले तयार गरेको पुनःनिर्माणका लागि जग्गा प्राप्ति र पुनःनिर्माणसम्बन्धी विभिन्न निर्देशिका र कार्यविधि स्वीकृत गरेको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकको निर्णयको जानकारीको दिदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शेरधन राईले रिक्त रहेको तीन महावाणिज्यदूतमा क्रमस कलकत्ताका लागि सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव एकनारायण अर्याल, ल्हासाका लागि पर्यटन मन्त्रालयका सहसचिव गोविन्द कार्की र हङकङका लागि सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल भट्टराईलाई नियुक्त गर्नुको् अलावा राष्ट्र बैंकको रिक्त वरिष्ठ डेपुटी गभर्नरमा चिन्तामणि सिवाकोटी र डेपुटी गभर्नरमा शिवराज श्रेष्ठलाई नियुक्त गरेको गरेको जानकारी दिनुभएको छ ।
त्यस्तै भीमदत्त पन्त (डडेल्धुरा), दुर्गानन्द झा (धनुषा), शमशेरबहादुर खत्री (गुल्मी), रामनाथ दाहाल (झापा), नेत्र घिमिरे (झापा), वीरेन राजवंशी (झापा), कृष्ण कुइँकेल (झापा), नारायणप्रसाद श्रेष्ठ (झापा), ऋषि देवकोटा ‘आजाद’ (सिन्धुली) क्याप्टेन यज्ञबहादुर थापा (ओखलढुङ्गा), भीमनारायण श्रेष्ठ (धनकुटा), राम उपाध्याय (सिरहा), लक्ष्मण उपाध्याय (सिरहा), लीलानाथ दाहाल (ओखलढुङ्गा), खगेन्द्रराज दाहाल (ओखलुढुङ्गा), गोकर्णबहादुर कार्की (ओखलढुङ्गा), रत्नकुमार वान्तवा (इलाम), सूर्यनाथ यादव (सिरहा), हरि नेपाल (ताप्लेजुङ), चन्द्रबहादुर पुरी (सङ्खुवासभा) र चन्द्र डाँगी (झापा) लाइ सहिद घोषणा गरेको जानकारी दिनु भएको छ ।