बिहिबार, चैत्र १६, २०७९

प्रोजेक्टरको प्रयोग सहित १५० मत गन्दा , यस्तो छ जारी मतगणनाको पछिल्लो परिणाम

आजको लागि मत गणना स्थगित,मतगणाना भोलि बिहान १० बजेबाट हुने

काठमाडौँ फागुन २६, नेपाली काँग्रेसको १३औँ महाधिवेशन अन्तर्गत खुलातर्फका २५ केन्द्रीय सदस्य पदका लागि आज बिहान १० बजेदेखि भएको मतगणनाको क्रममा केन्द्रीय निर्वाचन समितिले प्रोजेक्टरको प्रयोग गरिएको छ ।   आज बिहान १० बजेदेखिखुला सदस्यमा nc-mahadhibeshan-harekpalउम्मेदवारी दिएका सबै ९० जनाले मतगणनामा आफ्ना प्रतिनिधि राखेपछि सबैलाई मतपत्र देखाउन प्रोजेक्टरको प्रयोग गरिएको हो ।

जारी मतगणनाको पछिल्लो क्रममा १ सय ५० मत गनिसक्दा खुमबहादुर खडका, प्रकाशमान सिंह, शेखर कोइराला, बिमलेन्द्र निधि र प्रदीप गिरी लगायतका नेताहरुले अग्रता लिएका छन् भने यसअभि नाम चलेका केहि नेताहरुको १ सय ५० मत गनिसक्दा पनि कुनै भेउ पाउँन सकेको छैन । त्यस्तै मतगणना बिहान १० बजेबाट साँझ ७ बजेसम्म गर्ने सवालमा भएको सहमति अनुरुप आज ७ बजेबाट स्थगित गरिएको छ । मतगणाना भोलि बिहान १० बजेबाट हुनेभएको छ ।  यसैवीच निर्वाचन समितिबाट प्राप्त पछिल्लो आंकडा अनुरुप ९० जना उम्मेदवार मध्ये सवैभन्दा अग्रस्थानमा खुमबहादुर खड्का रहेका छन भने सवै भन्दा पछिल्लो स्थानमा रामहरी खतिवडा रहनु भएको छ ।

खुमबहादुर खड्का – ९४ प्रकाशमान सिंह – ९० डा‍.शेखर कोइराला – ८९ बिमलेन्द्र निधि – ८८ प्रदिप गिरी –  ८७ प्रदीप पौडेल – ८७    महेश आचार्य – ८७ बालकृष्ण खाँड- ८६ केवी गुरुङ  ८५ पुर्णबहादुर खडका – ८४ रमेश लेखक – ७९ शंकर भण्डारी – ७८ सुजाता कोइराला – ७८
डा. प्रकाशशरण महत – ७७ 
डा. मिनेन्द्र रिजाल – ७७ गोपालमान श्रेष्ठ – ७६ डा. नारायण खडका – ७५ डा.रामशरण महत – ७४ विश्वप्रकाश शर्मा – ७४ बलबहादुर केसी-  ७३ ज्ञानेन्द्रबहादुर कार्की – ७३ एनपी साउद – ७१ चन्द्र भण्डारी – ७१ धनराज गुरुङ – ७० उदय शमशेर राणा – ६८
बद्रि पाण्डे – ६६ डिना महालक्ष्मी उपाध्याय – ६६ जीपछिरिङ लामा – ६२ पदमनारायण चौधरी – ६० मनमोहन भट्टराई – ५९ डा. गोविन्द पोखरेल – ५६ अशोक कोइराला – ५५ गोविन्दराज जोशी – ५५ रामहरि खतिवडा – ५०

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829