सोमवार, माघ १६, २०७९

पत्रकार महासङ्घको विधान संशोधनबारे छलफल

काठमाडौ चैत्र ७,  नेपाल पत्रकार महासङ्घले आफ्नो विधान र संरचनामा सामयिक संशोधनका लागि आजबाट छलफल सुरु गरेको छ । छलफलमा मुलुकमा नयाँ संविधान जारी भएसँगै समयानुकुल महासंघको विधान पुनर्लेखनका लागि सरोकार भएका संस्थाका प्रतिनिधि र Press Note 7 chaitraविज्ञसँग आज भएको छलफलमा सहभागी वक्ताहरुले महासङ्घको संस्थागत संरचना बदल्नुपर्ने अभिव्यक्ति सहित प्रदेशलाई बढी अधिकार प्रत्यायोजन गर्नेगरी विधान निर्माण गर्नुपर्ने सुझाव दिएका छन् ।

छलफलमा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले संस्थागत पुनःसंरचना गर्नुपर्नेमा सबैको सैद्धान्तिक सहमति भएकाले सबैको राय÷सुझावअनुसार अघि बढ्ने बताउनुभयो । उहाँले नीतिगत नेतृत्व केन्द्रले, कार्यकारी भूमिका प्रदेशले र स्थानीय कार्यक्रम स्थानीय तहले गर्ने तीन तहको सङ्गठनात्मक ढाँचा एवम् विधागत प्रतिनिधित्वसहित समावेशी–समानुपातिक नेतृत्व प्रणालीमा जाने अवधारणा बनाइरहेको उल्लेख गर्नुभएको थियो ।  महासङ्घका निवर्तमान अध्यक्ष तथा सल्लाहकारद्दय शिव गाउँलेले विधानमा अहिलेको जिल्ला शाखाभन्दा केन्द्र, प्रदेशसँगै स्थानीय तहमा क्लबको गठन गरेर जाने अन्तर्राष्ट्रिय प्रचलनमा जानुपर्ने सुझाव दिनुभएको थियो धर्मेन्द्र झाले एशोसिएटलाई समेत एक प्रदेश मानेर ८ प्रदेशको खाकामा जान सुझाव दिनुभएको थियो ।

त्यस्तैगरि महासङ्घका पूर्वसभापति डा सुरेश आचार्यले केन्द्रलाई नीतिगत निर्णयको अधिकार दिएर विधान पुनर्लेखन गर्नुपर्ने बताउनुभएको थियो । छलफलमा प्रेस चौतारी नेपालका महासचिव माधव नेपाल, क्रान्तिकारी पत्रकार सङ्घका सचिवालय सदस्य विष्णुुप्रसाद सापकोटा नेपाल अदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष डण्ड गुरुङ, क्रान्तिकारी पत्रकार सङ्घका जन्मदेव जैसी, मधेसी पत्रकार सङ्घका मोहन सिंहले विधानलाई पुनर्लेखन गरेर समानुपातिक, समावेशीताका सैद्धान्तिक आधारलाई नछोड्न सुझाव दिएका थिए । छलफलमा महासङ्घका पदाधिकारी उपाध्यक्षद्वय खिलबहादुर भण्डारी, अनिता बिन्दु, महासचिव उजिर मगर, सचिवद्वय प्रभात चलाउने, सङ्गीता खड्का, केन्द्रीय सदस्य र जिल्ला तथा प्रतिष्ठान शाखाका प्रतिनिधिको सहभागिता थियो ।
कलाकार

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829