बिहिबार, चैत्र १६, २०७९

जलेश्वरनाथ महादेव मन्दिरमा श्रद्धालुहरुको घुँइचो

  • मनोज झा मुक्ति÷महोत्तरी, फागुन २४,

महाशिवरात्रीको अवसरमा महोत्तरी स्थित जलेश्वरनाथको मन्दिरमा विहान ३ बजेदेखिनै दर्शनार्थीको भीड लागेको छ । यहा महादेव वर्षैभरि जलभित्र रहने हुनाले यहाँको महादेवलाइ जलेश्वरनाथको नामले चिनिन्छ । महाशिवरात्रीको अवसरमा दर्शनार्थीलाई शिवको लिंग देखिनेगरि दर्शन गराउन नेपाली सेना, सशस्त्र प्रहरी तथा जनपथ प्रहरीले पालैपालो गरी राती ११ बजेबाट नै बाल्टीनले मन्दिरभित्रको जल बाहिर फालेर लिंगलाई देखिने बनाउन लागेका छन् । अरुवर्षको तुलनामा यसवर्ष दर्शनार्थीको संख्या बढेको स्थानीयहरु बताउँछन् । दिउँसो २ बजे सम्ममा ६० हजार भक्तजनले जलेश्वरनाथको दर्शन गरिसकेको र बेलुका सम्म दर्शनार्थीको संख्या एकलाखको हाराहारीमा पुग्ने महाशिवरात्री मूल आयोजक समितिका संयोजक शिवचन्द्र यादवले बताए ।
मन्दिर परिपसरमा मुण्डन गराउनेहरुको भीड पनि उल्लेख्यसंख्यामा छ । महोत्तरीको जलेश्वरनाथ संगै टुटेश्वरनाथ, गढेश्वरनाथ लगायतका शिवालयहरुमा विहानै देखि भक्तजनको भीड लागेको छ । मेलामा सुरक्षाकालागि पर्याप्त संख्यामा सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829