काठमाडौं फागुन २७, नेपाली काँग्रेसको १३ महाधिवेशन अन्र्तगत बुधवार साँझ ७ बजेपछि स्थगन गरिएको खुलातर्फको काँग्रेसका केन्द्रीय सदस्यको मतगणना अहिले केहिवेर अगाडि सुरु भएको छ । त्यस्तै निर्वाचन समितिका अनुसार आज खुलातर्फको मतगणनासंगै आरक्षणतर्फका महिला, दलित, मुस्लिम ,मधेसी र जनजातिको पनि आजै मतगणना थालिने भएको छ ।
खुलातर्फ बुधवार गणना गरिएको १ सय ५० मतको मतपरिणाम अनुसार अग्रस्थानमा खुमबहादुर खड्का र प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायतका नेताहरु रहेका छन ।