काठमाडौ चैत्र ७, नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको छैटौँ वार्षिक पुण्यतिथिका अवसरमा
दीप प्रज्ज्वलन गरिएको छ । नेपाल विद्यार्थी सङ्घले आज साँझ रत्नपार्कमा गरेको कार्यक्रममा नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य गोविन्द भट्टराई, काठमाडौं काँग्रेसका सभापति सवुज बानियाँ नेवि सङ्घका कावा अध्यक्ष उत्तम मिश्र नेविसङ्घका प्रवक्ता युपी लामिछाने, नेवि सङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यलगायतले स्व कोइरालाले देखाएको बाटोमा नेपाली काँग्रेसलाई लैजानुपर्नेमा आफ्नो अभिमत प्रकट गर्नु भएको थियो ।
कोइरालाको स्मृतिमा नेवि सङ्घद्वारा दीप प्रज्वलन
