काठमाडौ फागुन २९, नेपाली काँग्रेसको १३ औ महाधिवेशन अन्र्तगत आरक्षणतर्फको दलित कोटाका केन्द्रीय सदस्य पदको मत गणना परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणाम अनुसार दलितकोटाको पुरुषतर्फ जीवन परियार, मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मा विजयी हुनुभएको छ । उहाँहरुमध्ये क्रमस परियारले १ हजार ४८१, विश्वकर्माले १ हजार ४०२ र मीन विश्वकर्माले १ हजार ३१३ मत प्राप्त गर्नुभएको छ । यस्तै, महिलातर्फ लक्ष्मी परियार र सुजाता परियार निर्वाचित हुनुभएको छ । सार्वजनिक मतपरिणाम अनुसार लक्ष्मीले १ हजार ५१९ र सुजाताले १ हजार ५०२ मत प्राप्त गरी विजयी हुनुभएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यसैवीच खुल्ला महिला कोटाबाट क्रमस डा डिला सङ्ग्रौला १५६४, पुष्पा भुसाल १२६७, कमला पन्त ११३०, सरिता प्रसाईं ९८७, अम्बिका बस्नेत ९३७ र ईश्वरी न्यौपानेले ९३५ मत ल्याएर विजयी घोषित भएकी छन भने आदिवासी जनजाति कोटामा चिनकाजी श्रेष्ठ ९४७, बहादुरसिं लामा ७६७ र कल्याण गुरुङले ७३४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । त्यस्तै गरि आदिवासी जनजाति महिलातर्फको कोटामा भने सीता गुरुङ १२७४ र रत्ना शेरचनले ८४६ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार मधेसीतर्फ अजय चौरसियाले १३४१, महेन्द्र यादव १२३६ र रामकृष्ण यादवले १२०० मत प्राप्त गरी विजयी हुनुभएको छ भने मधेसी महिला कोटाबाट किरण यादव १३३६ मत र पार्वता चौधरी ११३० मतका प्राप्त् गरि निर्वाचित भएसंगै काँग्रेसको १३औँ महाधिवेशनमा मुस्लिम, मधेसी, महिला, दलित र जनजातितर्फको मतगणना सकिएको छ ।
त्यस्तै समितिका अनुसार अव खुल्लातर्फको २५ र प्रदेशतर्फको १४ केन्द्रीय सदस्य पदको मतगणनामात्र बाँकी रहेको छ । प्राप्त पछिल्लो मत गणना परिणाम अनुसार खुल्ला केन्द्रीय सदस्यको १५ सय मत गणना भइसकेको छ भने बाँकी गणना आइतवार पनि जारी रहने जनाएको छ । जारी गणनाको पछिल्लो आक्ंडा अनुरुप सबैभन्दा अगाडि खुमबहादुर खड्का ८९८ मत सहित अग्रस्थानमा रहनुभएको छ । त्यस्तैगरि र डा शेखर कोइराला ८८५, प्रकाशमान सिंह ८८०, रमेश लेखक ८५१, पूर्णबहादुर खड्का ८४६ र केवी गुरुङले ८४१ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ । त्यस्तै अन्य उम्मेदावारहरुको क्रमस ७) प्रदिप गिरी (८३९),८) प्रदीप पौडेल (८३७),९) बालकृष्ण खाँड (८३५),१० विमलेन्द्र निधि (८३३),११) धनराज गुरुङ (८२४) ,१२) महेश आचार्य (८१५),१३) रामशरण महत (७८६),१४) बलवहादुर केसी (७८५),१५) विश्वप्रकाश शर्मा (७७१),१६) सुजाता कोइराला (७६६),१७) शंकर भण्डारी (७४९),१८) प्रकाशशरण महत (७४०),१९) एनपी सावद (७३०),२०) गोपालमान श्रेष्ठ (७३०),२१) चन्द्र भण्डारी (७२१),२२) मिनेन्द्र रिजाल (७१३),२३) ज्ञानेन्द्र वहादुर कार्की (७१३),२४) नारायण खडा (७१२),२५)बद्रि पाण्डे (७०३),२६) जीप छिरिङ(६२३),२७) उदय शमशेर राणा(६२२),२८) डिना महालक्ष्मी उपाध्याय(६०८),२९) पद्मनारायण चौधरी (६०७) मत प्राप्त गर्नुभएको छ ।