शन्दर्भ सामाजिक दिवस:
आफ्नो लागि त जो पनि बाचेकै हुन्छ मानव भएर जन्मे पछि समाज आफ्नो परिचान खोज्ने होईन आफ्नो परिचान आफै बनाउने हो समाजमा पिछडिका वर्गको लागि आफ्नो तर्फबाट थोरै भए पनि सहयोग गर्न सके आफु जन्मेको सार्थकता हुन्छ ।
सबिता उप्रेती आजको युवा पुस्ता माझमा छुट्टै पहिचान बनाउन सफल एक मानक सामाजिक अभियन्ता हुन । जीवनलाई भाग्यको खेल मान्ने या कर्मको प्रतिक, यो आम मानिसको अन्तरमनमा उब्जने प्रश्न हो तर जीवनलाई भाग्यको खेल भन्दा पर राखेर असल कर्म मार्फत जिन्दगी बदल्ने अभियानमा सरिक हुनेले नै सफलताको मिठो स्वाद चाख्छन् । त्यसमाथि पनि एउटी अविवाहित युवती कर्म मार्गमा यसरी नै अविचलित रुपमा लागिरहेकी छिन् । सजिलो काम त जो कोहिले पनि गर्छन अनी समाज सेवा पनि आ-आफ्नो तहर तप्काबाट जो कोहिले केहि न केहि कर्म गरेकै हुन्छन तर सबिता उप्रेतीले जुन सेवा रोजेकी छन अटिजम बालबालिकाको सेवा त्यो आँफैमा चुनौतिपूर्ण छ। फरक–फरक आमाहरुले उनीहरुलाई जन्म दिए पनि कर्म दिने, जिन्दगीको संघर्षपूर्ण यात्रामा जीवनको रंग सजाउँदै बाँच्न सिकाउने आमा भएकी छिन् सविता । उनीहरुलाई उचित किसिमको हेरचाह गर्ने, स्वास्थ्य, शिक्षामा विशेष ध्यान पुर्याउने हो भने उनीहरुको जीवन बदल्न सकिन्छ भन्नेमा पनि उनी दृढ संकल्पित छिन् ।
बिगत ६ बर्ष देखी अविराम अनेकन आरोह अवरोह छिचोल्दै राजधानीको पेप्सीकोलामा ”विशेष स्कुल तथा पुर्नस्थापनाले हाल ४० जना बालाबालिकालाई सेवा प्रदान गरिरहेको छ । यसै प्रसंगमा स्थापनाकाल देखि ४ सय ८० जनाभन्दा बढि वालवालिकाको सेवामा समर्पित प्रस्तुत संस्थाकी संस्थापक निर्देशक सविता उप्रेतीसंग सामाजिक सेवा दिवसको अवसरमा गरिएको विस्तृत अन्तरसंवादको सारसंक्षेप :
तपाइको बुझाइमा समाजसेवा भनेको के हो ? समाज सेवामा लागेर जीवन देखि सन्तुष्ट हुनुहुन्छ । कस्तो अनुभव गर्दै हुनुहन्छ ?
समाजसेवा भनेको आत्मसन्तुष्टि हो । अटिजम बालबालिकासंग काम गर्दा मलाई आत्मसन्तुष्टि मिलेको छ । यो नै मेरो जिवनको लक्ष्य पनि हो । त्यसमाथि पनि आफुलाई परिवर्तन गर्ने र जीवनको अर्थ बुझ्ने मौका पनि पाएकी छु । आफ्नो लागि त जो पनि बाचेकै हुन्छ मानव भएर जन्मे पछि समाज आफ्नो परिचान खोज्ने होईन आफ्नो परिचान आफै बनाउने हो समाजमा पिछडिका वर्गको लागि आफ्नो तर्फबाट
थोरै भए पनि सहयोग गर्न सके आफु जन्मेको सार्थकता हुन्छ जस्तो लाग्छ । र एसएसडिआरसी मार्फत हिडन नसक्ने बच्चा हिडन थाल्दा , बोल्न नसक्ने बच्चा बोल्न सुरु गर्दा मैले सारा दुखहरु बिर्सन्छु । त्यति बेला मलाइ जुन खुसीको अनुभव हुन्छ त्यमे आफैमा अनमोल रहेको छ । त्यस्तै जिन्दगीका धेरै चुनौती , समस्या , कठिनाईहरुसंग संघर्ष गर्दै अटिजम बालबालिकाको लागि काम गर्न पाउदा मैले धेरै चिज पाएकी छु। र केहि पनि गुमाएकी छैन मलाई मेरो जिन्दगीसँग कुनै गुनासो छैन न त कुनै पछुतो बरु मैले जीन्दगी नया उर्जा पाएकी छु ।
अटिजम (Autism) के हो ? र अटिजम भएका बालबालिका आर्थिक ब्यवस्थापन कसरी गर्दै आउनु भएको छ ?
अटिजम जन्मजात हुने नशा र तन्तुको बिकास क्रममा हुँने असमानताको रुप हो । जुन असमानतालाइ Neuro development disorder ‘ भनिन्छ | अटिजम भएको व्यक्ति वा वालवालिकाले सामान्य भन्दा पनि भिन्दै किसिमको खालको प्रतिक्रिया देखाउछन । जुन आफैमा असामान्यरुपको हुन्छ । समग्रमा भन्नु पर्दा अटिजम कुनै रोग होईन, यो एउटा अवस्था हो । जुन जीवनभर रहिरहन्छ तर अटिजम भएका केहि व्यक्तिमा बौद्धिक क्षमता बढि भएको पनि पाईएको छ । व्यवस्थापनको हकमा भन्नु पर्दा अगाडि पनि मइले भने कि संस्थाको त्यस्तो कुनै नियमित स्रोत छैन । स्थापनाकाल देखि नै संस्थाले आर्थिक संकट झेल्दै आईरहेको छ । संस्था चलाउन सहकारीबाट ऋण लिएर , साथीभाईसंग सापटी लिएर चलाउदै आएको अवस्था छ यद्यपी आर्थिक रुपमा सवल हुनु हुने केही अभिभावकले मासिक रुपमा सहयोग नगरेका होइनन । हो यि यस्ता सहयोगबाट नै अनाथ , आर्थिक रुपमा कमजोर भएका , सुकुम्बासी र अटिजम भएकै कारण घर परिवारले निकाली दिएका बालबालिकाको निशुल्क शिक्षा , खानको व्यवस्थाको साथै लत्ताकपडाको पनि व्यवस्थापन गर्दै आईरेहका छौ । त्यस्तै केही मनकारी नेपाली दाजुभाई तथा दिदी बहिनीले संस्था भिजिट गरेर स्वईच्छाले सहयोग गदै आउँनु भएको छ । यसको अलावा गत वर्ष देखि १६ वर्ष भन्दा माथिका किशोरीलाई सिपमुलक तालिम दिएर हाल उनीहरुले कृष्ट्रलबाट बनाएका गहना , चुरा , बेचेर पनि केहि गर्ने मजर्को संङगालेका छौं ।
यसवीचमा संस्था चलाउदा आर्थिकको अलावा अन्य के कस्ता समस्याको सामना गर्नु पर्यो त ?
संस्था चलाउदा विभिन्न कठिनाइ त आईहाल्छन नै त्यसलाइले मैले स्वाभाविक रुपमा लिने गरेकी छु । एउटा घर चलाउन त कति गाह्रो हुन्छ । सामाजिक संस्था चलाउन चुनौती त पक्कै छन् । पहिलो कुरा त यो क्षेत्रमा अनुभवी तथा दक्ष जनशक्तिको अभाव त छदैछ । त्यसै माथि पनि आर्थिक भार । राज्यले अटिजमको बारेमा स्पष्ट नीति नियमको व्यवस्था गर्नुको अलावा बुझेर पनि नजरअन्दाज गर्दै हौसला दिनुको साटो कुरा काटेको देख्दा आफैमा नमज्जा लाग्छ ।
तपाइको भावी योजनाहरु के- के छन्?
संस्थालाई भावी पुस्तासम्म निरन्तरता दिनको निम्ति रु २ करोडको अक्षय कोष खडा गर्ने लक्ष्य सहित निजी भवन लागि जग्गा खोजिरहेका छौ । गाउ। गाउ पुगेर अटिजम सम्बन्धि जनचेतना जगाउदै देश भर रहेका अटिजम बालबालिकालाई एकताको सुत्रमा बाध्ने योजनालाइ भावी योजनाको रुपमा अङगीकार गरेका छौं । साथै जति सक्दो अझ भनौ तत्काल राज्यले अटिजम समस्याको सम्बोधनको लागि मुलुकको माटो सुहाँदो दिर्घकालीन निति बनाआयोस अभिप्रायले सरोकारवाला निकायको ध्यानाकर्षणको लागि पहल कदमी लिदै अवका दिनमा दवाव सहितको अभियान नै सञ्चालन गर्ने संस्थाको योजना रहेको छ ।
अन्त्यमा ?
देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीले हाम्रो संस्थालाई माया र बिश्वास गरेर सहयोग गरिरहनु भएको छ । प्रस्तुत सहयोगका लागि हामी आभारी छौ । मनकारी नेपाली दाजुभाई तथा दिदी बहिनीलाई मुरीमुरी धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोग र सद्भावको अपेक्षा गर्दछु । सक्नेले बाटो देखाइ दियो भने भारी बोकेर पनि खान्छ जो नसक्ने छ मानव भएर जन्मेर पनि अमानविय जीवन ब्यतित गर्न वाध्य र चेतनामा अभाव भएका अटिजम बालबालिकाहलाई हामी सचेत नागरिकको हैसियतले स्विकार गरी,सम्मान गरी आ-आफ्नु तर्फबाट जे सकिन्छ सहयोग गर्नको निमित्त हार्दिक अपिल गर्दछु ।