शनिबार, बैशाख ८, २०८१

३ दशकभन्दा लामो समयपछि टोखामा भद्रकाली १२ वर्षे नाच नचाइयो

काठमाडौं माघ २४, प्रत्येक १२ वर्षमा नचाइने भद्रकाली १२ वर्षे खड्ग सिद्धि नाच ३ दशक भन्दा लामो समयपछि टोखामा नचाइएको छ ।
नृत्यका लागि राजधानीको वटुदेवघरबाट टोखा पुगेका ६ गुरु, १५ थकाली र ११ देवगणलाई बाजागाजासहित त्यहाँका स्थानीयले भव्य anup_20160206_1 anup_20160206_2 anup_20160206_3 anup_20160206_4 anup_20160206_5 anup_20160206_6 anup_20160206_7 anup_20160206_8 anup_20160206_10 anup_20160206_11 anup_20160206_12 anup_20160206_14 anup_20160206_16 anup_20160206_18 anup_20160206_22 anup_20160206_23 anup_20160206_24 anup_20160206_26स्वागत गरेको थियो । नाचको पहिलो दिन नृत्यमा सहभागी देवगण सबैले मुकुन्डो, कलेवर पोसाक, गरगहना लगाई टोखा गणेशस्थानबाट बाजाबाजाका साथ हास, न्होफ, बाफल, त्वापचा, कुन्खेलाछी, तोखायचा, गछें, देमलाछी, हलमांफ, तुतिग, नासल हुँदै थनेतपलाछी पुगेका थिए भने देवगणको पूजा गरी फूल र अन्डा सगुन दिएका थिए । शनिबार उक्त नाच सम्पन्न भएको थियो ।

१२ वर्षे नाचका गुरु भरत मालीका अनुसार नृत्य प्रस्तुत गर्ने देवता र गुरुबीच संवादबाट मात्रै नचाउने र देवगणमा भद्रकाली, पचली, भैरव, बाराही, गणेश, कुमारी, ब्रह्मायणी, रुद्रयणी, नारायणी, इन्द्रायणी, महालक्ष्मी, श्वेत भैरव, सिंहिनी र व्यघिनीको नाच प्रदर्शन गरिएको थियो ।