बुधबार, बैशाख १२, २०८१

हिन्दू अधिराज्य स्थापनाको लागि तीन अलग मोर्चावीच एकाकार हुँदै

काठमाडौँ माघ २९ ,   अनादिकालदेखि अस्तित्वमा रहेको हिन्दू धर्म, संस्कृति तथा अभ्यास नै विश्व परिवेशमा नेपालको पहिचान रहदै आएको अवस्थालाइ नजर अन्दाज गर्दै   मुलुकमा नियोजित रुपमा लाडिएको धर्म निरपेक्षता विरुद्ध चरणबद्ध  सडक सघर्ष गर्दै आइरहेका  राष्ट्रिय जनसंघर्ष मोर्चाका नेता  श्याम तिमिल्सिनाको  अगुवाइमा हिन्दू अधिराज्यको पूर्नस्थापनाको लागि आन्दोलिन रहदै आएका थप 0f61e6da6354f1fc80144ea7824e1135b6c3ecc17a5386ba9cec597a28ba9b86दुइ घटक अर्थात  किसोरी महतो नेतृत्वको  राजसंस्था वृहत समूह र मनमोहन   शम्शेर  राणा नेतृत्वको  देशभक्त लोकतान्त्रिक मोर्चावीच कार्यगत एकता हुँने भएको छ ।

समानप्रकृतिको मुद्धामा  फुटेर होइन जुटेर सघर्ष गर्नु पर्ने मुलमन्त्रलाइ  आत्मा साता गर्दै  प्रस्तुत यि घटकहरुवीच कार्यगत एकता हुन् लागेको  र कार्यगत एकतापछि जारी  आन्दोलनले थप उचाइ प्राप्त गर्ने एकताको मध्यस्थता गर्दै आइरहेकी मानचित्र न्यूज डट कमका सम्पादक एवम् विश्व हिन्दू महासंघकी सचिव अस्मिता भण्डारीले जानकारी दिनु  भएको छ  ।

  त्यस्तै  कार्यगत एकतापछि  आन्दोलनकै श्रृखला अन्तैगत  हिन्दू अधिराज्य र्पुनस्थापना गरौ देशभक्त लोकतान्त्रिक नयाँ राजनैतिक शक्तिको निमार्णको  अभियान सुभारम्भ गर्ने तयारी रहेको  देशभक्त लोकतान्त्रिक मोर्चाका नेता  मनमोहन   शम्शेर  राणाले बताउँनु भएको  छ । साथै उहाँले  आफु नेतृत्वको मोर्चा मोहन बैद्य नेतृत्वको  ३३  दलमा समेत आवद्ध रहेको जानकारी दिदै  मुलुकलमा    विद्यमान यावत विकृतीका साथै यथास्थिती वादको चिन्तनबाट  उभो लगाउँन सर्वपक्षिय गोलमेच सम्मेलनको  आवश्यकता रहेको  बताउँनु भएको  छ ।  त्यस्तैगरि  राप्रपा नेपाल समानान्तर संग आवद्ध   नेता श्याम तिमिल्सिनाले  समान विचार समान चिन्तनलाइ  एकैकोणबाट प्रभावकारी ढङगबाट  प्रस्तुत गर्ने आफुहरुको लक्ष्य रहेको जनाउ दिनु भएको छ  भने राजसंस्था वृहत समूहका नेता किसोरी महतोले   पनि सोहि प्रकृतिको अभिव्यक्ति  दिदै  हिन्दू राष्ट्रका लागि जति साथीहरूले मुद्दा उठाएका छन् सबैसँग हाम्रो नैतिक समर्थन रहन्छ । हाम्रो मूल नारा नै हिन्दू हो, हामीसँग सहकार्यका लागि  सम्वद्ध अरुलाइ     आह्वान  गर्नुभएको  छ ।