काठमाडौ माघ २६, कांँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा शोक प्रकट गर्न भारत सरकारका विदेशमन्त्री सुषमा स्वराज सहित उच्च प्रतिनिधि आज अपराह्न राजधानी आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विदेशमन्त्री स्वराजले काँग्रेस सभापति कोइरालाको पार्थिव शरीर राखिएको स्थल दशरथ रङ्गशाला पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं कमल थापासँग पनि आजै साँझ उहाँले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाउँदै नेपाली काँग्रेसका शीर्ष नेतृत्वसँग छलफल गरेर आजै साँझ भारतीय विदेशमन्त्री नयाँदिल्ली फर्कने कार्यक्रम रहेको थाहा भएको छ ।