मङ्लबार, बैशाख ४, २०८१

राप्रपा र राप्रपा नेपाल समानान्तरबीच दोस्रो चरणको एकता वार्ता सहमति नगिच

काठमाडौं माघ २६, राप्रपा र राप्रपा नेपाल समानान्तर बीच दोस्रो चरणको एकता वार्ता सम्पन्न भएको छ । राप्रपा नेपाल समानान्तरको थापागाउँस्थित केन्द्रीय कार्यालयमा आजभएको वार्ताको क्रममा दुई पार्टीका वार्ता टोली बीच सैद्धान्तिक एवं सांगठानिक संरचनाका barta[1]विषयमा छलफल भएको प्राप्त समाचारमा जनाईएको छ ।

त्यस्तै समाचारमा राष्ट्रिय आवश्यकता र तमाम कार्यकर्ता एव शुभेच्छुकहरुको भावना बमोजिम एकता वार्तालाई सफलताको बिन्दुसम्म लैजानु पर्ने पक्षमा दुबै पक्ष सहमत रहेको जनाउँदै सार्थक एकीकरणको महत्व मध्यनजर गर्दै सम्वाद र परामर्शलाई निरन्तर अगाडि बढाइने सहमति भएको आजको वार्तामा राप्रपा वार्ता टोलीका संयोजक निलकण्ठ उप्रेती सहित विष्णु बिक्रम थापा, राजेन्द्र श्रेष्ठ, सानुकाजी हेक्का र राप्रपा नेपाल समानान्तरको तर्फबाट वार्ता टोली संयोजक श्याम तिमल्सिना, सगुन सुन्दर लावती, किशोर गुरुङ, नवराज दाहाल, उरमिला रावल, शोभा तिम्सीना एवम कर्णप्रखर धितालको सहभागीता रहेको थियो ।