बुधबार, बैशाख १२, २०८१

राजसंस्था पुन:स्थापनाकालागी नेपाली सेनाको गोप्य मिसन टोली नयाँ दिल्लीमा

नेपाललाई आतंकवादको अखडा बन्न नदिन भारत र चीन सहमत  

 सुनिल शर्मा /काठमाडौं

नेपालका राजनीतिक दल असफल भएको निष्कर्ष भारतको उच्च कुट्नैतीक र सैन्य विष्लेषकले निकालेका छन् । नेपालको राजनीतिक k ssssअवस्था र प्रशासनिक तथा सुरक्षा व्यवस्था अन्योलपूर्ण भएको ठहर गर्दै नेपालको वर्तमान नयाँ संबिधानले नेपालको एकता अखण्डता टुक्रिन सक्ने र सामाजिक सद्भाव, जातीय सद्भाव बिथोलिएको खण्डमा त्यसको सबैभन्दा ठुलो असर भारतलाई पर्न सक्ने ठहर नेपाल(भारतका सैन्य उच्च अधिकारिको नयाँ दिल्लीमा बसेको गोप्य बैठकले निकालेको छ। त्यति मात्र नभइ नेपालको अस्तव्यस्त राजनीतीका कारण सार्क क्षेत्रमै अन्तराष्ट्रिय मुस्लिम आतंकवादी संगठन आइ एस् ले घेराबन्दी गर्दै लगेको र त्यसको मुख्य थलो नेपाल बन्दै गएकोले भारत र चीनको सुरक्षामा खतरा उत्पन्न भएको समेत सैन्य तथा कुट्नीतिक अधिकारिको विश्लेषण रहेको छ। सैन्य तथा कुट्नैतीक विष्लेशणपछी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित भारतको राष्ट्रिय सुरक्षा संयन्त्रले नेपालको वर्तमान armiसंबिधान  पुर्नलेखन गरी हिन्दू राष्ट्र र राजसंस्था पुनस्स्थापना गर्न सहमत् भएको छ।

थाइल्यान्डको राजधानी बैंककमा हाल उच्च कुट्नैतीक वार्तालाप गरेर बसीरहनु भएको पूर्व राजा ज्ञानेन्द्र शाहले राजनैतीक दलले आफुसँग भएको लिखित सहमति र सम्झौता कार्र्यान्वयन नभएको परिणाम देशले दस वर्ष संकटपूर्ण स्थिती गुजार्नु परेको कुरा अवगत गराउनु भएको छ। चीनिया कुट्नितिज्ञले नेपालमा स्थाई मित्र शक्तीका रूपमा राजसंस्था मात्र हुन सक्ने चीनको पूर्व अवधारणा सहित चीनको सुरक्षा बिषयमा चासो राख्दै तिब्बत मामिलामा चीन विरोधी गतिविधी बढेर गएकोले चीनको राष्ट्रिय एकता अखण्डताकालागी नेपालको राजसंस्थाले खेलेको भूमिकालाई उच्च मुल्याङ्कन गर्दै नेपालको वर्तमान अवस्थामा राजसंस्था आवश्यक भएको बताएका छन्। भारत र चीनका सुरक्षा तथा कुट्नितिक स्तरमा नेपालमा राजसंस्था पुनस्स्थापनाकालागी भइ रहेको पहल अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाको एउटा विषेश उच्चस्तरिय सैन्य कुट्नितिक टोली दिल्लीमा गोप्य रूपले मङ्सिर देखी कार्यरत छ। उच्चस्तरिय सैन्य कुट्नैतीक स्रोतका अनुसार भारत र नेपालका कुट्नैतीक तथा सैन्य स्तरमा नेपालमा राजसंस्था पुनस्स्थापना र सैन्य सहयोग सम्बन्धमा केही सम्झौता भइ सकेका छन्। त्यसलाई सार्थक रूप नेपालमा राजसंस्था पुनस्स्थापना पछी बन्ने संबिधानले दिने छ।  सैन्य स्रोतका अनुसार, नेपाली सेनाको तर्फबाट युद्ध कार्य महानिर्देशक उपरथी हिमालय थापाको नेतृत्वमा सैन्य विशेश कुट्नैतीक टोली नयाँ दिल्लीमा कार्यरत रहँदै आएको छ। सो टोलीले भारतीय स्थल सेना प्रमुख दलवीर सिंहसँग नेपालमा राजसंस्था पुनस्स्थापना, हिन्दू राष्ट्र र संबिधान पुनस्लेखन तथा अन्तराष्ट्रिय आतंकवाद विरुद्ध र सैन्य हात हतियार सहयोग सम्बन्धी कुट्नितिक स्तरमा सहमति गरेको छ। स्मरण रहोस् भारतीय स्थल सेना प्रमुख दलवीर सिंह नेपाली गोर्खा सैनिकको प्रमुख पनि भएकोले नेपाल र भारतका सेनाबीच सैन्य भाईचारा सम्बन्ध (ब्रदर आर्मी रिलेसन) रहँदै आएको छ। प्रधान सेनापती राजेन्द्र छेत्रीले मौन कुट्नीतीमा गर्नु भएको भारत भ्रमण र सैन्य सहमतिको परिणाम अब केही दिन भित्रमै देखिने छ।

नेपालमा राजसंस्था बेबी किङको हुने छैन। वर्तमान राजा ज्ञानेन्द्रले नै केही समय राजकाज सम्हाल्नु हुने छ। राजा ज्ञानेन्द्र सम्भवत फागुन १० अथवा १२ गते अन्य कुनै कारण परेन भने दिल्ली जाने निश्चित भएको छ। अहिले भारतलाई सबै भन्दा ठुलो संकट भारत भित्रै आतंकवादी गतिविधी बढ्नु, आइ एस् को कारण भारत विखण्डनको नारावाजी र चलखेल बढ्नुले नेपालको राजनीतिक गतिविधी र नेपालको वर्तमान संबिधानसँग जोडेर त्यसलाई हेर्न थालिएको छ।  भारत र चीनका उच्च कुट्नैतीक तथा सैन्य अधिकारि नेपालमा राजा ज्ञानेन्द्रलाई राजगद्दीमा बसाउन सहमत भएका छन्। भारतको कांग्रेस आइ र बिजेपी पनि नेपालमा राजसंस्था, हिन्दू राष्ट्र स्थापना गर्ने कुरामा सहमति जनाएको छ। यद्धपी राजालाई सेनाको परमाधिपती र संबैधानिक राजाका रूपमा राख्ने निश्चित भएपछी राजाले नेपालको वर्तमान लथालिङ भएको राजनीती र भाताभुङ भएको प्रशासनिक संयन्त्र, कर्मचारीतन्त्र, राष्ट्रिय एकता अखण्डता र सामाजिक सद्भावमाथि अंकुश लगाउने र चीन र भारत विरुद्ध कुनै पनि गतिविधी गर्न नदिने कुरामा राजा ज्ञानेन्द्रले आफ्नो स्पष्ट धारणा भारत र चीनका उच्चस्तरिय कुट्नितिज्ञसँग राखेका छन्।

 राजसंस्था पुर्नस्थापना  पछाडि राजा ज्ञानेन्द्रबाट कस्तो प्रकारको कठोर कदम चालिने छ, सो स्पष्ट नभए पनि नेपालमा राजनीतिक दल र प्राशासनिक क्षेत्र, कर्मचारीतन्त्रमा भने कठोर् अंकुश लगाएर देशलाई शाही ट्र्याकमा नल्याएसम्म सेनाको जिम्मेवारीमा मुलुक चल्ने स्रोतको दाबी छ। प्रम केपी शर्मा ओलीको भारत भ्रमण राजकिय नभइ अफिसियल मात्रै भएको छ। वहाँको यो भ्रमण एउटा औपचारिकता मात्र पुरा गर्न भारत भ्रमण गराइएको हो। प्रम ओलीबाट कुनै उल्लेखनीय निर्णय हुनु अगावै नेपाली सेनाले आफ्नो कुट्नैतीक दूरदर्शिता देखाएर नाकाबन्दी खोल्ने देखी नेपाललाई हिन्दू राष्ट्र, संबैधानिक राजतन्त्र र संबिधान  पुर्नलेखनसम्ममा भारतसँग कुट्नैतीक र सैन्य सहमति गरीसकेको छ। यसलाई पूर्णता दिन राजा ज्ञानेन्द्रको निकट भविष्यमा हुन लागेको भारत भ्रमण र शान्ता कुट्नीती प्रतिक्षाको बिषय बनेको छ।