बुधबार, बैशाख १२, २०८१

मैले चुनाव लडेको शेर बहादुर होइन राजु श्रेष्ठसँग हो…

यस्तो छ न्हुच्छेनारायणको प्रष्टोक्ति 

 नेपाली काँग्रेसको महाधिवेशनका क्रममा देशैभरीका संसदीय चुनाव क्षेत्रमा काँग्रेसको क्षेत्रीय समितिको चुनाव भयो। महाधिवेशनमा हुने पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धाका क्रममा काठमाडौं ४मा पनि दुई पक्षबीच चुनाव भयो। एक पक्षबाट मैले उमेद्वारी nuchhe1दिए। मेरो तर्फबाट टीममा केहि साथीहरु प्रत्यासी थिए। अर्को टीमको तर्फबाट यसअघीको १२औं महाधिवेशनमा मसँग नै पराजीत उमेद्वार राजु श्रेष्ठ मैदानमा थिए। १३ औं महाधिवेशनका लागि दुई टीम तल वडास्तरदेखि नै चुनावी प्रतिष्पर्धामा थियो। त्यसै अनुसार हामीहरु निर्वाचित हुदै क्षेत्रीय अधिवेशनसम्म आइपुगेका थियौ। क्षेत्रीय अधिवेशनसम्म आइपुग्दा पार्टीका स्थानिय नेताहरुको पार्टीका केन्द्रीय नेताहरुसँगको उठबसका आधारमा नाम जोडेर उनीहरुलाई यो पक्ष वा त्यो पक्ष भनेर जोड्ने प्रचलन छ। यो प्रचलनको विरोध गर्दा गर्दै पनि हामीहरुलाई स्वतन्त्र रुपमा काम गर्न नदिने गरि एउटा न एउटा नामको पगरी गुथाइदिने प्रचलन छ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सासंद गगन थापा पनि यहि काठमाडौं ४बाटै प्रतिनिधित्व गर्नुहुन्छ। संयोगले मेरै कार्यकालमा नेता थापालाई यस निर्वाचन क्षेत्रबाट सबैभन्दा धेरै मत अन्तरमा जिताएर संसद पुर्‍याउन हामी सफल भयौ मेरो नेतृत्व चयन हुने बेलामा नेता थापाले गर्नुभएको योगदान अहिले पनि स्मरणीय छ। मैले पनि संसदीय चुनावमा जे जती सहयोग गर्न सक्थे गरे। स्थानिय पार्टी पङतिलाई जति सक्थे परिचालित गरे।

संसदीय वा अन्य चुनावमा झै नभएपनि पार्टीको आन्तरिक चुनाव नै सहि यहाँ पनि चुनाव अत्यन्तै लागेको थियो। चुनावको परिणाम सार्वजनिक भएपछिका हर्कतहरुलाई हेर्ने हो भने जीतको उन्माद साथीहरुमा धेरै नै देखिएको छ। चुनाव एकजनासँग लडिएको छ तर प्रचार अर्कै भएको छ। चुनाव मसँग लडिएको छ अनि सोहि क्षेत्रबाट निर्वाचित सांसद एवं केन्द्रीय सदस्य थापालाई हराए भनेर प्रचार गराइन्छ। प्रचार गर्नेले पनि के प्रचार गरेका हुन्। काँग्रेसको विधान पढ्नुपनि छैन। निर्वाचित केन्द्रीय सदस्यले स्थानिय तथा क्षेत्रीय चुनावमा भाग लिनु पर्दैन र उनीहरु स्वत महाधिवेशन प्रतिनिधी हुन्छन भनेर हेक्का नराख्दा उनीहरुले नियोजित रुपमा गराइएको हल्लाको हल्कारा मात्र बनेका छन्। हाम्रा सांसद थापा आफ्नै निर्वाचन क्षेत्रबाटै पार्टी अधिवेशनमा पराजित भए भन्ने हल्ला गराइयो। जुन कुरा सत्य हैन त्यो कुरा हल्ला गराएर कस्लाई फाइदा र कस्लाई घाटा लगाउने प्रपञ्च रचिएको हो यो घटनाबाट धेरै कुरा उजागर भएको छ।

जस्ले तटस्थता नदेखिने डरले पार्टीको क्षेत्र नम्वर ४ को चुनावमा मत हालेनन्। जस्ले सक्रियतापूर्वक नलागी निरपेक्ष भएर क्षेत्रीय सम्मेलन पुरा गराउन सहयोगी बने। उनै नेता गगन थापालाई आफ्नै क्षेत्रमा चुनाव हार्‍यो भनेर प्रचार गराइएछ। हामीलाई सो कुरा सुनेर अत्यन्तै दुःख लाग्यो। तर बिषयलाई नैतिकताको जामा लगाइदिएर सिर्जित दवाव मार्फत गगनजीलाई रक्षात्मक बनाउने योजना यसअघी झै सफल हुदैन भन्नेमा हामी चाहिं ढुक्क छौ। मानौ गगनजी आफै चुनाव लडेको झै बनाएर प्रतिष्पर्धी साथीहरुले चुनावको बारेमा अभियान शुरु गरेका थिए। तर न गगनजी मेरो तर्फबाट चुनाव लड्नुभएको थियो। न मैले मसँग उठेका प्रतिष्पर्धी राजु श्रेष्ठलाई अर्कै काँग्रेसका नेताको छायाँको रुपमा बुझ्नु उपयुक्त हुन्थ्यो। मसँग उठ्नुभएका राजुजी शेर बहादुर देउवा र प्रकाशमानसिंहसँग जोडिएको बारेमा राजनीतिक क्षेत्रका अधिकांशलाई थाहा छ। यसको अर्थ मसँग चुनाव लड्न आएका साथीको केन्द्रीय जो नेतासँग नजिकको सम्वन्ध छ उसैसँग मेरो सोझो प्रतिष्पर्धा भयो भनेर भन्न मिल्छरु मेरो सन्दर्भमा यस्तै भयो। चुनावमा मैले मेरो प्यानलको लागि मत मागे। क्षेत्रको नेताको हैसियतमा त्यस क्षेत्रको रणनीति बनाउन पनि लागे। सासंद गगन थापालाई पनि सहयोग गर्नुपर्ने कर्तव्य पनि छदै थियो। मैले आफू उमेद्वार भएपछि साथीहरुलाई समन्वय गर्दै गएको थिए। सासंद थापालाई पनि मैले सहयोगका लागि भने। उहाँले मेरो नैतिक समर्थन रहेको बताउनुभयो। क्षेत्रबाट उमेद्वार भएको जो भएपनि मेरा लागि बराबर भन्नभयो। मत हाल्न आउनुभएन।

तर संयोग यस्तो भयोकी अघिल्लोपटक मैले नै हराएको उमेद्वारले मलाई नै ४ मतले हराए। म संस्थापन पक्षको उमेद्वार भए। राजुजी देउवा पक्षबाट उमेद्वार भए। संस्थापन पक्षबाट अर्का एक जना साथी पनि उमेद्वार भए। हामीहरु दुई जना उमेद्वार भयौ। उनले पनि ८ मत ल्याए। हाम्रो मत बाँडियो। मैले ५० मत ल्याए। राजुजीले ५४ मत ल्याएर सभापति जिते। कार्यसमितिमा क्षेत्रीय अध्यक्ष बाहेक सबै पदमा मैले भने अनुसार नै आयो। महाधिवेशन प्रतिनिधीमा क्षेत्रीय सभापति सहित १२ जनामा हाम्रो पक्षका ८ जना आए। मैले भनेका सबै आए। मैले मत मागेका सबैले जीते। तर मैले मात्र झीनो मतले हारे। तर यत्रो ठूलो हल्ला गरिएछकी मैले चुनाव हारेको बिषयलाई गगनजीसँग जोडेर दुष्प्रचार गरिएछ। जुन कुराको केहि सत्यता थिएन त्यहि कुरालाई मिथ्या प्रचार गरियो।
साथीहरुले किन त्यस्तो गरेका हुन उनै जानुन। मैले के मात्र जान्दछु भने पार्टीको क्षेत्र नम्वर ४ को चुनावमा जसरी मेरो प्रतिष्पर्धा शेर बहादुर देउवासँग थिएन त्यसैगरि जित्ने राजुजीको प्रतिष्पर्धा गगन थापासँग थिएन। मसँग लड्न आउने राजुजीको प्रतिष्पर्धा मैसँग थियो। गगनजीसँग जोड्नु भनेको आफ्नो उचाइ बढाउन खोज्नुमात्र हो। बरु म उहाँको जीतलाई अंगिकार गर्दै उहाँलाई सफल बनाउन लागिपर्छु। उहाँले पनि जीतको अहंकार नदेखाइ काम गर्न सक्नुभयो भने आगामी दिनमा पार्टीलाई नै हामीहरु मिलेर फाइदा पुर्‍याउन सक्छौ। स्थानिय निकायको चुनाव अब सम्मुखमा छ। अबको हाम्रो ध्यान त्यसतर्फ हुनुपर्छ। गुटगत राजनीति नगरि निष्पक्ष रुपमा जानुपर्छ भनेर मैले नवनिर्वाचित क्षेत्रीय सभापतिलाई भन्ने यहि नै हो। मेरो अनुभवलाई स्थानिय निकायको काममा लगाएर पार्टीलाई फाइदा पुर्‍याउने गरि लाग्न चाहन्छु।

  • न्हुच्छेनारायण श्रेष्ठ