शुक्रबार, बैशाख ७, २०८१

मुलुकको राजनीतीमा ठुलो परिवर्तनको संकेत

एजेन्डा विहिन प्रधानमन्त्रीको भारत भ्रमणसंगै

सुनिल शर्मा/ काठमाडौं

 बैंककमा गत माघ ७ गते देखी बस्दै आउनु भएका पूर्व राजा ज्ञानेन्द्र शाह अहिले भारत र चीनका उच्च अधीकारीसँग गोप्य छलफलमा व्यस्त हुनुहुन्छ। वहाँ राजसंस्था पुनस्स्थापना, हिन्दू राष्ट्र र संबिधान  पुन: लेखनको ३ सुत्रीय मुख्य एजेन्डा सहित भारतसँग छलफल केन्द्रित रहेको कुरा भारतीय एक उच्च अधिकारीले नाम उल्लेख नर्गर्ने शर्तमा बताएका छन्। ति अधिकारीका अनुसार भारत र चीन दुबै नेपालमा राजसंस्था, हिन्दू राष्ट्र र संबिधान  पुनलेखनको गर्ने कुरामा पूर्ण रूपले सहमत भए पनि राजालाई कस्तो स्थान कसरी दिने भन्ने बिषय चाँही छलफलकै क्रममा रहेको जनाएका छन ।

gkpयद्धपी राजालाई सेनाको परमाधीपति र सम्बैधानिक राजाका रूपमा राख्ने निश्चित भएपछी राजाले नेपालको वर्तमान लथालिङ भएको राजनीती र भाताभुङ भएको प्रशासनिक संयन्त्र, कर्मचारीतन्त्र, राष्ट्रिय एकता अखण्डता र सामाजिक सद्भावमाथि अंकुश लगाउने र चीन र भारत विरुद्ध कुनै पनि गतिविधी गर्न नदिने कुरामा राजा ज्ञानेन्द्रले आफ्नो स्पष्ट धारणा भारत र चीनका उच्चस्तरिय कुट्नितिज्ञसँग राखेका छन्। राजा ज्ञानेन्द्रले आफु राजगद्दीमा आएपछी कठोर कदम चाल्ने आफ्ना निकटष्तहरुसँग बताउँदै आउनु भएको छ। तर कस्तो कठोर् कदम भन्ने नखुलाइए पनि राजनीतिक रूपमा अस्तव्यसत र लथालिङ भएको प्रशासनिक् संयन्त्रमाथि भने अंकुश लगाउने कुरा राजा निकट श्रोतले जनाएको छ। स्रोतका अनुसार, राजा ज्ञानेन्द्र प्रधानमन्त्री ओलीको भारत भ्रमणपछी नयाँ दिल्ली जानु हुने भएको छ।

यस् सम्वाददाताले तपाईंको भारत भ्रमणको एजेन्डा के भनी प्रश्न गर्दा दुई देशबीच बिग्रिएको सम्बन्धलाई आपसी सदभाव कायम गर्ने बताउनु भयो। प्रमको यो भनाइले र वहाँको दिल्ली भ्रमण्को कार्य तालिका हेर्दा पनि दिल्ली घुमेर फर्किने बाहेक खासै उल्लेखनीय देखिँदैन। ओलीको भ्रमण समाप्ति पछाडि र नेपाली काँग्रेसको महाधिवेशन समाप्ति पछाडि भने नेपालको राजनीतीमा ठुलै परिवर्तन हुने विश्लेषण राजनीतिक विश्लेशकको छ। भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार प्रम ओलीसँग भारतले संबिधान पुनस्लेखन, हिन्दू राष्ट्र पुन स्थापना र संबैधानिक राजसंस्थाको पुर्नबहाली लाइ लिएर ३ सुत्रीय एजेण्डा विगतमा भारतमा भहेको १२ बुँदे सहमति सबै रद्द हुने छ। प्रम ओलीले भारतले राख्ने यि एजेण्डामाथि भारतमा कुनै एक्लै निर्णय गर्न नसक्ने भएकाले राजनीतिक अन्योल बढ्ने र मधेसवादी दलहरुले मधेसमा सशस्त्र विद्रोह गर्ने तयारी गरी रहेको रिपोर्ट सेना र गुप्तचरले सरकारलाई दिइसकेको छ। यदी मधेसमा सशस्त्र विद्रोह चर्किएको खण्डमा सैनिक हस्तक्षेप हुने निश्चित छ। यही माहोललाई तयार पार्दै भारतले सिके राउतलाई भारतमा रातो कार्पेट प्रधानमन्त्रीको भ्रमण अगाडि ओछ्याएको हो।
राजा ज्ञानेन्द्र देशको लथालिङ्ग र भाताभुङ्ग भएको अवस्थालाई टुलुटुलु हेरेर बस्न नसक्ने, नेपाल र नेपालीको जनाधार र जनभार आफ्नो काँधमा आइपरेको भन्दै १० वर्षको निष्त्रिय राजनिती पछाडि भारतमा आएको राजनीतिक परिवर्तन पछाडि राजा ज्ञानेन्द्र भारतसँग भुटानि मोडालिटीको राजसंस्था बाहेक १९५०को सन्धिसँगै भारतसँग विशेश सम्बन्ध राख्ने प्रस्ताव भारत सरकारलाई गरीसकेका छन्। भारत र चीनले राजाको उक्त प्रस्तावलाई स्वीकार गरीसकेको छ। अब राजसंस्था, संबिधान पुनस्लेखन र हिन्दू राष्ट्रको सवालमा अन्तिम र निर्णायक केही लेनदेनपछी नयाँ दिल्लीमा राजा र भारतबीच हुँदै छ। यसै कारणले पनि प्रम ओलीको भारत भ्रमणमा कुनै एजेन्डा लिएर जान नसकेका हुन्। अब जे हुन्छ, जेठ्भित्र राजसंस्था पुनस्स्थापना र संबिधान पुर्न लेखन र हिन्दू राष्ट्र नेपाल घोषणा भएपछी हुन्छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031