शनिबार, बैशाख ८, २०८१

महासंघ भारत तदर्थ समितिद्दारा सदस्यताको आव्हान

काठमाडौं माघ १८, नेपाल पत्रकार महासंघ भारत तदर्थ समितिद्दारा भारतमा रहेर पत्रकारिता पेशामा संलग्न पत्रकारहरुलाई विस्तारित रुपमा गोलबद्ध गर्ने लक्ष्य अनुरुप महासंघको विधानत योग्यता पुगेका पत्रकारहरुलाइ महासंघको सदस्यता लिन आव्हान गरिएको छ ।
Press Release FNJ 1पेशागत सुरक्षा एवम् श्रमजीवी हकअधिकार कार्यान्यवनका लागि महासंघ भारत तदर्थ समितिका अध्यक्ष लोकेश शाह र सचिव गोविन्द पोख्ररेलद्दारा सयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै भारतमा रहेका नेपाली पत्रकारलाई सदस्यता ग्रहणको लागि आव्हान गरेको हो ।
त्यस्तै जारी विज्ञप्तिमा सदस्यताका लागि अध्यक्ष लोकेश शाह उपाध्यक्ष देब बहादुर कुँवर,महासचिव आकांक्षा शाह , सचिव गोबिन्द पोख्रेल लगायतका पदाधिकारीसंग सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।