बिहिबार, चैत्र १५, २०८०

मन्त्रीपरिषद बैठक: प्रम ओली आगामी फागुन ७ भारत भ्रमणमा जाने

२८ सहसचिवको पदस्थापना
रु दुई अर्ब ३१ करोड अनुदान सहयोग स्वीकार गर्ने निर्णय
रङ्गेली घटनामा ज्यान गुमाएका प्रतिपरिवारलाई रु १० लाख सहयोग गर्ने

काठमाडौ माघ २८ ,मन्त्री परिषदको आज बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ७ गतेदेखि गर्नु हुँने भारतको भ्रमणलाइ स्वीकृत गरेको छ । सरकारका प्रवक्ता शेरधन राइका अनुसार आजको बैठकमा प्रधानमन्त्री ओलीलाइ भारत सरकारको तर्फबाट mantriparisadप्राप्त औपचारिक निमन्त्रणाको अनुमोदन गर्दै उहाँ भारतको राजकीय भ्रमणमाजानकारी दिदै भ्रमणको आवश्यक तयारी परराष्ट्र मन्त्रालयले गर्ने बताउँनु भएको छ ।

त्यस्तै आजको बैठकले मन्त्रिपरिषद्का चिकित्सकका डा दिव्यासिंह शर्मा र डा दिलीप शर्मालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गर्नुको अलावा यसअघि बढुवा भएका २८ सहसचिवको पदस्थापना गरेको छ । यसरी पदस्थापना गरिएका सहसचिवहरुमा क्रमस दानध्वज बस्नेत र प्रदीपकुमार कोइराला स्वास्थ्य मन्त्रालय, ज्ञानेन्द्र पौडेल अर्थ मन्त्रालय, सञ्जयकुमार खनाल शान्ति तथा पुनःनिर्माण, केशवप्रसाद आचार्य, भगीरथ पाण्डे र जनकराज दाहाल गृह, जानकीबल्लभ अधिकारी पशुपक्षी, शिवप्रसाद अधिकारी विज्ञान तथा प्रविधि, गोकुलप्रसाद धिताल आपूर्ति मन्त्रालय, शेरबहादुर ढुङ्गाना शिक्षा मन्त्रालय र लक्ष्मीविलास कोइरालालाई लोकसेवा आयोगमा पदस्थापना गरेको छ ।

त्यस्तै गरि बैठकले गत माघ ७ गते मोरङको रङ्गेलीमा मधेसी मोेर्चाको आन्दोलनका क्रममा शान्तिसुव्यवस्था कायम गर्ने सम्बन्धमा भएको झडपमा परी ज्यान गुमाएका प्रतिपरिवारलाई रु १० दश लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ भने बेलायत सरकारले डिएफआइडीमार्फत नेपाल सरकारलाई उपलब्ध गराउने रु दुई अर्ब ३१ करोड अनुदान सहयोग स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उहाँले जानकारी दिनु भएको छ ।