बिहिबार, बैशाख ६, २०८१

भारतका राष्ट्रपति प्रणव मुखर्जी द्दारा दु:ख व्यक्त

काठमाडौं माघ २६  पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको दुःखद् निधनप्रति भारतका राष्ट्रपति प्रणव मुखर्जीले आफू मर्माहत भएको बताउनुभएको छ । राष्ट्रपति प्रणव मुखर्जीले आफ्ना समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शोक सन्देश पठाउँदै नेपालमा राजनीतिक सङ्क्रमणको अन्त्य र संविधान जारी गर्ने समयमा नेता कोइरालाले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाको सराहना गर्नुभएको छ । त्यस्तै नेता कोइरालाको निधनप्रति भारतका जनता दुःख र वेदना प्रकट गर्छन्” भन्दै सन्देशमा भारतीय राष्ट्रपतिले बहुआयामिक भारत–नेपाल सम्बन्धलाई सुमधुर तुल्याउन उहाँले अथक प्रयास गर्नुभएको उल्लेख गर्नुभएको छ ।

कोइराला परिवारसँग भारतको घनिष्ट सम्बन्ध छ : विदेशमन्त्री स्वराज

anup_20160209_30यसैवीच नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न पाँच सदस्यीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराज राजधानी आइपुग्नु भएको छ ।  विदेशमन्त्री स्वराजका साथ साँझ राजधानी आइपुगेको टोलीमा भारतीय काँग्रेसबाट पूर्व विदेशमन्त्री आनन्द शर्मा, कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम येचुरी, जनता दल युनाइटेडका शरद यादव र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल रहनु भएको छ । राजधानी आएलगत्तै स्व कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्न विदेशमन्त्री सुष्मा स्वराज नेतृत्वको उक्त टोली दशरथरंगशाला पुग्नुभएको थियो । श्रद्धाञ्जली पछि सञ्चारकर्मीसँग कुरा गर्दै विदेशमन्त्री स्वराजले कोइराला परिवारसँग भारतको धेरै घनिष्ठ सम्बन्ध रहेको प्रतिक्रिया दिनुभएको थियो ।