बुधबार, बैशाख १२, २०८१

बिर्तामोडमा सुविधा सम्पन्न कम्प्लेक्स सञ्चालनमा

बिर्तामोड फागुन १६, झापाको बिर्तामोडमा आधुनिक सुविधा सम्पन्न अत्याधुनिक व्यवसायिक भवन ‘चम्लागाई कम्प्लेक्स’ आइतवारबाट सञ्चालनमा आएको छ । २५ करोड रुपैयाँको लागतमा निर्मित सात तले चम्लगाई कम्प्लेक्समा लिफ्ट र अग्नि नियन्त्रण प्रणालीसमेत chamlagai  comस्थापना गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।
कम्प्लेक्सका संस्थापक लोकनाथ चम्लागाईले रिवन काटेर उद्घाटन गर्नुभएको उक्त कम्प्लेक्समा एउटै छानोमुनि अब ग्राहकले चाहेका र रोजेका हरेक सामग्री खरिदविक्री गर्न सक्ने जनाईएको छ ।
दुई कठ्ठा दुई धुर जग्गामा निर्मित कम्प्लेक्सभित्रै सुरक्षित पार्किङको व्यवस्था समेत मिलाइएको छ । माटो परीक्षण गरी भवन निर्माणसंहिताको पूर्ण पालना गरी १० रेक्टर स्केलसम्मको भूकम्प प्रतिरोध गर्न सक्ने क्षमता बोकेको सो कम्प्लेक्स पूर्ण रुपमा भूकम्प प्रतिरोधी र अग्नि नियन्त्रण प्रणाली समेत व्यवस्था गरी बनाइएको समाचारमा उल्लेख गरिएको छ ।